विपक्षी दलको संयुक्त वक्तव्य बनाउन दुई सदस्यीय कार्यदल गठन

 माघ २, २०८१ बुधबार १५:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – विपक्षी दलहरूले सरकारको काम कारबाहीका सम्बन्धमा संयुक्त वक्तव्य बनाउन दुई सदस्यीय कार्यदल गठन गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो ।

बैठकले सरकार संसद् छलेर अध्यादेशबाट अलोकतान्त्रिक, स्वेच्छाचारी ढङ्गले शासन गर्न लागेको ठहर गरेको छ । यसका विरुद्ध दबाब दिने उद्देश्यले साझा 'ड्राफ्ट' बनाउने निर्णय भएको माओवादीका उपमहासचिव पुनले जानकारी दिनुभयो । कार्यदलले आज बेलुकासम्म 'ड्राफ्ट' तयार गर्ने र भोलि फेरि विपक्षी दलको बैठक बसेपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सहमति भएको छ ।

वक्तव्यको 'ड्राफ्ट' मा सरकारले ल्याएको अध्यादेश, ६ महिनाको काम कारबाही, संसद् अधिवेशन बोलाउने विषय, समसामयिक विषयलगायत समेटिने पुनले जानकारी दिनुभयो । सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत भएकाले त्यहीअनुसार साझा धारणा बनाउने उहाँको भनाइ छ ।

प्रतिपक्षी दलहरूले सरकारले साना दलको आवाज कमजोर पार्न 'थ्रेसहोल्ड' बढाउन खोजेको निष्कर्ष पनि निकालेका छन् ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया