आजको संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेश नहुने

 माघ २४, २०८१ बिहीबार १३:५५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – आजको सङ्घीय संसद्को बैठकमा ६ वटा अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

सरकारले ल्याएका अध्यादेशहरू आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा पेश गर्ने कार्यसूची थियो । तर ती अध्यादेशहरू पाश हुनका लागि राष्ट्रियसभामा आवश्यक मत नपुग्ने देखेपछि सरकार निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

राष्ट्रियसभाबाट अध्यादेश पाश गर्नका लागि सरकारसँग आवश्यक मत पुग्दैन । बहुमत पुर्‍याउनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनमन्त्री अजय चौरासियालाई आज अध्यादेश निर्णयार्थ पेश नगर्न निर्देशन दिनुभएको हो । त्यसपछि कानूनमन्त्रीले सभामुख देवराज घिमिरेलाई भेटेर आजको कार्यसूची परिवर्तन गर्न आग्रह गर्नुभएको थियो । लगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो ।

सरकारले ल्याएका अध्यादेशहरूबारे सत्ताधारी दलले बचाउ गर्दै आएका छन् भने विपक्षी दलले चर्को विरोध गरेका छन् । प्रतिनिधिसभामा सत्तारूढ नेापली कांग्रेस र नेकपा एमालेको मात्रै बहुमत पुगे पनि राष्ट्रियसभामा भने बहुमत पुग्नका लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया