विकास निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

 माघ २५, २०८१ शुक्रबार १२:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले परियोजनालाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई ३० अर्ब रुपैयाँ भुक्तानी गरिएको जानकारी पनि दिनुभएको छ । साथै सामाजिक सञ्जाल फेसबुकमा उहाँले विकास निर्माण र आयोजनाको प्रगतिका बारेमा आज सात वटै प्रदेशका मुख्यमन्त्रीसँग 'एक्शन रुम" बाट भर्चुअल छलफल गर्न लागेको समेत उल्लेख गर्नुभएको छ ।

दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्शन रुमबाट उहाँले मुख्यमन्त्रीसँग संवाद गर्न लाग्नुभएको हो । प्रधानमन्त्री कार्यालयमा रहेको एक्शन रुम अघिल्लो कार्यकालमा ओली आफैँले स्थापना गर्नुभएको हो ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया