काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
डोटी – डोटीमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ ।
सुन्तला बढेकोमा खुशी भएका यहाँका ग्रामिण क्षेत्रका किसानहरु बजार नपाउने भएपछि चिन्तित बनेका छन् । वर्षभरी गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो, तर दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा आफूहरु चिन्तामा परेको निरौलीका सुन्तला किसान हर्क साउदले बताउनुभयो ।
झण्डै एक दशक अघिदेखि सुुन्तला खेती गर्दै आउनुभएका किसान हर्क साउदले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि बजारको अभावले किसानहरुलाई चिन्तित बनाएको बताउनुभयो । ‘आश गरेको भन्दा बढी सुन्तला फलेको छ तर बजार पाउन मुस्किछ’, उहाँले भन्नुभयो, ‘उत्पादन गरेर के गर्नु आम्दानी हुने बेला मूल्य पाइन् ।’
साउदले मात्रै झण्डै ३ रोपनी जमीनमा सुन्तला लगाउनु भएको छ । बजारमा अझै पनि सुन्तलाको भाउ आइनसकेको र आफूहरु बजारकै खोजीमा रहेको उहाँले बताउनुभयो । सुन्तला, जुनार, कागतीलगायतका अमिलो जातका फलफूलको खेती गर्दै आउनु भएका साउदले वर्षमा झण्डै एक डेढ लाख रुपैयाँ जति आम्दानी गर्नुहुन्छ । उहाँको बगैचाबाट फलेको सुन्तला नखाने त बिरलै होलान ।
सुन्तलाको फल लागेर पाक्ने बेलामा परेको असिना पानीले क्षति पुर्याए पनि यस वर्ष डोटीका ग्रामिण क्षेत्रमा सुन्तला भने राम्रै उत्पादन भएको स्थानिय किसानहरु बताउँछन् । त्यस्तै बजार व्यवस्थापन र शीत भण्डारको अभावले गर्दा पनि यहाँका सुन्तला उत्पादक किसानहरु मर्कामा परेका छन् ।
पहिलेका बर्षहरुमा यहाँका किसानहरुका बारीमा सुन्तला किन्नेहरु आउने भए पनि यो वर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएको किसानको गड्सेराका अर्का सुन्तला किसान लिलाधर बिष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विगतका वर्षमा सुन्तला व्यापारीले बारीमै मूल्य निर्धाण गथ्र्ये । यो वर्ष सुन्तला जताततै फलेकाले अहिलेसम्म कोही आएको छैन् ।’ डोटीको बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारालगायतका ठाउँहरुमा सबैभन्दा बढी सुन्तला खेती गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।