आउँदो बजेटमार्फत जेष्ठ नागरिकको मासिक भत्ता पाँच हजार पुर्‍याइन्छ : उपप्रधान मन्त्री पोखरेल

 मंसिर २५, २०७५ मंगलबार १७:२३:५४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले जेष्ठ नागरिकहरुलाई दिइने मासिक भत्ता पाँच हजार पु¥याइने बताउनुभएको छ ।

अहिलेकै सरकारको कार्यकालमा आउँदो बजेटमार्फत जेष्ठ नागरिकहरुलाई मासिक पाँच हजार भत्ता दिइने उहाँले बताउनुभयो । मन्त्री पोखरेलले सरकारलाई  कमजोर बनाउन विभिन्न तानाबाना बुनिरहेको भन्दै नागरिकको विश्वासको जगमा सरकार भएकोले शंका नगर्न अनुरोध गर्नुभयो ।

नेपालको कान्छो जिल्ला रुकुम पूर्वको रुकुमकोटमा रुकुम पूर्वमा रहेको चेम्बर अफ कमर्सले गरेको पर्यटन तथा सांस्कृतिक महोत्सवको मंगलबार उद्घाटन गर्नु हुँदै रक्षा मन्त्री पोखरेलले कान्छो र विकट जिल्ला भनेर रुकुम पूर्वलाई अवमूल्यन नगर्न र यहाँको स्वाभिमान र नागरिकको एकतालाई सम्मान गर्न जरुरी रहेको बताउनुभयो ।

देश विकासको मुटुको रुपमा रहेको मध्यपहाडी राजमार्गको आधार रुकुम भएको भन्दै उहाँले एकीकृत योजनामार्फत रुकुम पूर्वको विकासको कार्ययोजना बनाइने जनाउनुभयो । पर्यटनको प्रचर सम्भावना रहेको, विद्युत उत्पादनको प्रारम्भिक अध्यन समेत गरिएको भन्दै मन्त्री पोखरेलले सरकारले समेत कामको थालनी गरेकोले सबैले साथ दिनुपर्ने उल्लेख गर्नुभयो ।

सदरमुकामको विवाद नागरिकले फैसला गर्ने हो

रुकुम पूर्वको सदरमुकामबारेको विवाद अदालतसम्म पुगेको र त्यसबारे आफूले थप केही बोल्न नचाहेको उहाँले जनाउनुभयो । उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले उक्त विवादबारे नागरिकले नै फैसला गर्ने र त्यसको जिम्मेवारी निर्वाचित जनप्रतिनिधिहरुले लिनुपर्ने बताउनुभयो ।

नागरिकको फैसला बिनाका अन्य निर्णय मान्य नहुने भन्दै उहाँले रुकुम पूर्व दुर्गम जिल्ला भएता पनि सेवा सुविधाबाट बञ्चित भएकोले आफूले पहल गरेर सुविधा प्रदान गर्ने जनाउनुभयो । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया