नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु, २ सयभन्दा बढी सहभागी

 पुष ५, २०७५ बिहीबार १५:४६:४० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिहीबार विराटनगरमा सुरु भएको छ । 

७५ जिल्लाका जिल्ला अध्यक्ष तथा एशोसियट, प्रतिष्ठान तथा प्रदेश समितिका अध्यक्षहरु सम्मेलनमा सहभागी छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उ्दघाटन गरेको सम्मेलनको संयोजन पत्रकार महासंघ प्रदेश १ समितिले गरेको हो ।
 
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपाली समाज नकारात्मक भावनाबाट पे्ररित रहेकोले त्यस्ता प्रवृत्तिलाई कसरी बदल्ने भन्ने कुरालाई सम्मेलनले विशेष योगदान गर्ने विस्वास व्यक्त गर्नुभयो । 

आफू पूर्ण प्रेसमैत्री बन्ने प्रयास गरेको बताएका मुख्यमन्त्री राईले  प्रदेश सरकारको पहिलो नीति कार्यक्रम र बजेट वक्तव्य जारी गर्दादेखि नै प्रेसमैत्री भएर काम गरेको स्पष्ट पार्नुभयो ।   

१ नम्बर प्रदेशले प्रेसप्रति गरेको सकारात्मक प्रभाव अन्य प्रदेशमा पनि देखिएकोले अप्रत्यक्ष रुपमा ६ वटै प्रदेशलाई दबाब सिर्जना गरेको दावी मुख्यमन्त्री राईको छ । कतिपय मिडियाहरुले व्यक्तिगत विषयलाई मुद्दा बनाएको प्रति भने उहाँले असन्तुष्टि जनाउनु भयो ।
 
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संघीय सरकारको बचाउ गर्नुभएको छ  । प्रधानमन्त्री केपी ओली प्रेस मैत्री नभएको भन्ने भएका टिकाटिप्पणीप्रति बचाउ गर्दै प्रधानमन्त्री ओली १४ बर्ष जेल बसेर आएको व्यक्ति भएकोले प्रेसमा अंकुश लगाउँछन् भन्ने बिषयमा डर नमान्न आग्रह गर्नुभयो । 

उहाँले प्रदेश १ सरकारले पत्रकारले आलोचना नगर्ने गरी काम गर्ने दावी गर्दै नराम्रा कामको प्रमाणसहित आलोचना गर्न सुझाउनुभयो ।

कतिपय स–साना कुरामा पनि पत्रकारले कोकोहोलो मच्चाएको उहाँले आरोप थियो । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया