आर्मीलाई हराउँदै एपीएफ एन्फा महिला लिगको फाइनलमा
माघ १२, २०८१ शनिबार
महोत्तरी – महोत्तरीको गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्रका औषधी राख्ने स्टोर नै अव्यवस्थित रहेको पाइएको छ ।
स्वास्थ्य केन्द्र सञ्चालन रहेको माथिल्लो तल्लामा रहेको मेडिकल स्टोरमा अव्यवस्थित तरिकाले औषधी राखिएको पाइएको छ । सिढी व्यवस्थित नहुँदा रस्सीको माध्यमले औषधी लैजाने, ल्याउने कार्य गर्दै आएको स्टोर इन्चार्ज मनोज साहले बताउनुभयो । भेन्टिलेसन खुल्ला रहेकोले वर्षातको समयमा स्टोरभित्र पानी पर्दा औषधी खराब हुँदै आएको इन्चार्ज साहले जानकारी दिनुभयो ।
भवनको अभावमा माथिल्लो कोठामा औषधीहरु राख्नका लागि निर्माण गरिएको स्टोरभित्र प्रत्यक्ष रुपमा सूर्यको प्रकाश जाँदा सो भवनलाई व्यवस्थित गर्नु अति नै आवश्यक रहेको कार्यालय स्रोतले जनाएको छ । गौशाला नगरपालिकाका नगर स्वास्थ्य संयोजक डा देवेन्द्र यादवले आफूले अनुगमन गरी भवनलाई व्यवस्थित गर्नका लागि नगरपालिकाको ध्यानाकर्षण गराइसकेको जानकारी गराउनुभयो ।
यसभन्दा अगाडिको नगरपरिषदमा स्वास्थ्य शाखाले तयार पारिएको एजेण्डा नगरपालिकाको बैठकमा प्रवेश नपाएको संयोजक यादवको आरोप रहेको छ । यस क्षेत्रकै सबैभन्दा ठूलो एवम् व्यवस्थित स्वास्थ्य केन्द्रको रुपमा रहेको यस स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन तथा सटरसहितको ब्राउन्ड्री, मेडिकल स्टोर्स भवनसहितको भौतिक संरचना निर्माण गर्नका लागि नगरपालिकासँग डेढ करोड बराबरको प्रस्तावसहितको एजेण्डा नगरकार्यपालिकाको बैठकमा प्रवेश पाउन नसकेको संयोजक यादवले जानकारी दिनुभयो ।
केहीदिन अगाडि गरिएको अनुगमनको क्रममा तत्काल त्यो भवनलाई ढाकछोप गरी व्यवस्थित बनाउनका लागि इन्चार्ज मनोज साहलाई निर्देशन समेत दिइसकेको यादवले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले स्वास्थ्य केन्द्रलाई व्यवस्थित पार्नका लागि नगरपालिकाले छलफल गरेर काम व्यवस्थित गर्ने बताउनुभयो ।
मेडिकल स्टोरका लागि तत्कालै छुटटै भवन निर्माण गर्न नसके पनि व्यवस्थित गर्न भने सकिने अधिकृत आर्यालले बताएका छन् । गौशाला नगरपालिकाको सबैभन्दा ठूलो एवम् व्यवस्थित स्वास्थ्य संस्थाको रुपमा परिचित रहेको यस स्वास्थ्य संस्थामा गौशाला नगरपालिका, औरही नगरपालिका, सोनमा गाँउपालिकाका सेवाग्राहीहरु उपचार गराउनका लागि आउने गर्दछन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।