तत्काल उखुको मूल्य निर्धारण नगरे चरणबद्ध आन्दोलन गर्ने उखु किसान प्रतिनिधिकाे चेतावनी

 पुष १८, २०७५ बुधबार २२:१३:८ | रामबाबु खड्का
unn.prixa.net

फाइल तस्बिर

सर्लाही -  उखुको मूल्य तत्कालै निर्धारण गर्न उखु किसानहरुले सरकारसँग माग गरेका छन ।

बुधबार सर्लाहीको हरिवनमा भएको  छलफलमा उखु किसानहरुको संघ संगठनले तत्कालै उखुको मूल्य निर्धारण गरी चिनी मिल संचालन गर्न र गएको वर्षको  अनुदान बापतको रकम भुक्तानी गर्न सरकारसँग माग गरेको छ।

उनीहरुले  दुई दिनभित्र सरकारले उखुको निर्धारण नगरे पुस २० गतेबाट चरणबद्ध  आन्दोलन सुरु गर्ने  किसान प्रतिनिधिहरुले चेतावनी दिएका छन् । पुसको दोस्रो हप्ता बितिसक्दा समेत उखुको मूल्य निर्धारण नभएपछि बाध्य भएर आन्दोलन कार्यक्रम तय गर्नु परेको अगुवा किसान कमल बुढाथोकीले बताउनुभयो ।

सरकारले किसानको मागलाई ध्यानमा राखी न्यूनतम उखुको  मूल्य प्रति क्विन्टल ५ सय ४५  कायम गर्नु पर्ने किसानको माग छ । सरकारले गएको वर्ष उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ २० पैसा कायम गरेको थियो । सरकारले किसानलाई अनुदान बापत दिने भनेको  ६५ रुपैयाँ २८ पैसा अझै उखु किसानले पाउन सकेका छैनन् ।

समयमा  चिनी मिल नचलेपछि किसानको उखु खेतमा सुक्न थालेको छ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया