उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
जाजरकोट – जाजरकोटमा एक बालिकाको घरको छतबाट खसेर ज्यान गएको छ ।
भेरी नगरपालिका वडा नम्बर–३, खलंगामा रहेको ठाटीबजारमा रहेको भेरी होटलमा फूपु फूपाजुसँग बस्दै आएकी रुकुम आठविसकोट रिटका दीपक चन्दकी साढे तीन वर्षकी छोरी युमी चन्दको छतबाट खसेर ज्यान गएको हो ।
आइतबार दिउँसो खेल्ने क्रममा बालिका घरको चार तलामाथि छतबाट सडकमा खसेकी थिइन । खसेर गम्भीर घाइते ती बालिकाको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको थियो ।
जाजरकोट खलंगाबाट १ सय ९६ किलोमिटर टाढा रहेको नेपालगञ्ज लैजादै गर्दा अक्सिजन दिनु पर्ने अवस्थाकी ती बालिकाको सुर्खेतको मेहलकुनामा अक्सिजन सिलिन्डर फेर्ने क्रममा मृत्यु भएको बालिकाका आफन्तले जानकारी दिएका छन् । ४ तल्ला माथिबाट लडेकी बालिकाको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।
मृतक बालिकाका बाबु–आमा मजदुरीका लागि भारत गएको र बालिका नलगाड नगरपालिका–८, खगेनकोटमा फूपु सुशिला चन्द खड्कासँग खलंगामा बस्दै आएकी थिइन ।
तस्बिर : छवि पन्तको फेसबुकबाट साभार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।