सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लड...
मंसिर १५, २०८१ शनिबार
आउँदो लोकसभा चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनको पार्टी भारतीय जनता पार्टी(बीजेपी)लाई टक्कर दिन समाजवादी पार्टी(सपा) र बहुजन समाज पार्टी(बसपा)बीच चुनावी एकता भएको छ ।
केही महिनापछि हुन लागेको चुनावमा मोदीलाई हराउन शनिबार अखिलेशकुमार यादव नेतृत्वको समाजवादी पार्टी र मायावती नेतृत्वको बहुजन समाज पार्टीले चुनावी एकता गरेको घोषणा गरेका हुन् । उत्तर प्रदेशमा रहेको लोकसभाको ८० सिटमध्ये दुवै पार्टीले ३८–३८ सिट बाँडफाँड गरेका छन् ।
उनीहरुले रायबरेली र अमेठी कांग्रेसलाई दिने र दुई सिट अन्य सहयोगी पार्टीलाई दिने घोषणा गरेका हुन् । उत्तर प्रदेशमा केही महिनाअघि भएको लोकसभा चुनावमा पनि सपा र बसपाबीच चुनावी एकता भएको थियो । दुई पार्टी मिलेर चुनावमा गएपछि बीजेपीले आफ्ना महत्वपूर्ण सिट गुमाएको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री र बीजेपीकै प्रभावशाली नेता योगी आदित्यनाथको क्षेत्रसमेत बीजेपीले गुमाएको थियो ।
पछिल्लो चुनावी तालमेलले बीजेपीलाई निकै नै कठिन परिस्थितिमा धकेलिएदिएको छ । पछिल्लो लोकसभा चुनावमा सपा र बसपा धेरै क्षेत्रमा दोस्रो र तेस्रो ठूलो दलका रुपमा भएकाले पनि आउँदो चुनाव बीजेपीका लागि फलामको चिउरा चपाउनुजस्तै हुनेछ । अझ बसपा र सपा सँगै चुनावमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदी बनारसबाट उठ्छन् कि उठ्दैनन् भन्नेमै शंका रहेको छ ।
उत्तर प्रदेशमा केही सिटबाहेक कांग्रेसको उपस्थिति भने बलियो रहेको छैन । त्यसकारण आउँदो चुनाव बीजेपी भर्सेस सपा–बसपा गठबन्धनबीच हुने पक्का भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।