चन्द्रमामा टुसाएको कपासको बीउ मर्‍याे

 माघ ३, २०७५ बिहीबार २०:१९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनको अन्तरिक्ष अभियानले चन्द्रमामा उमारेका कपासका टुसाहरू मरेका वैज्ञानिकहरूले बताएका छन् ।

अन्तरिक्ष अभियान चांगुअले लिएर गएका बीउहरू टुसाएको तस्बिर गएको मंगलबार सार्वजनिक गरिएको थियो । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिए पनि चन्द्रमामा बिरुवा उमारिएको भने यो पहिलो पटक थियो ।

तर चन्द्रमामा रात पर्दा ती साना बिरुवाहरू मरेको चिनियाँ वैैज्ञानिकले जानकारी दिएकाे बीबीसीले जनाएको छ । विशेष किसिमको भाँडोभित्र उमारिएको भए पनि रातिको न्यूनतम तापक्रम विरुवाले खप्न नसकेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया