उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टीकी नेतृ एवं सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिनुभएको छ ।
राष्ट्रपति ट्रम्पले डाभोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने सभामुख पेलोसीसहितका अमेरिकी अधिकारीहरुको भ्रमण रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एयर फोर्सको विमानबाट अफगानिस्तान प्रस्थान गर्न संसद भवनबाट निस्कनै लाग्दा राष्ट्रपति ट्रम्पले पेलोसीको भ्रमण रद्द गरिदिनु भएको हो ।
मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन झण्डै ६ अर्ब डलरसहित बजेट पारित गर्न आग्रह गर्दा विपक्षी पार्टीले अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्प र विपक्षी पार्टीबीचको विवाद चुलिएको हो । त्यसैको विरोधस्वरुप ट्रम्पले सभामुखसहितका अमेरिकी अधिकारीहरुको अफगानिस्तान भ्रमण रद्द गरेको विपक्षी पार्टीका नेताहरुको आरोप छ ।
मेक्सिकोसँगको सीमामा पर्खाल निर्माणसहितको बजेट पारित गर्न ट्रम्पले जोड दिए पनि विपक्षी पार्टीहरुले त्यसलाई अस्वीकार गर्दै आएका छन् । दुई पार्टीबीचको विवादका कारण बजेट पारित नहुँदा झण्डै ८ लाख कर्मचारीले तलब पाएका छैनन् भने कतिपय कर्मचारीलाई बेतलबी घर बिदामा पठाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।