उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
भारतीय अन्तरिक्ष एजेन्सी इसरोले अन्तरिक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ ।
विभिन्न देशले अन्तरिक्ष परीक्षणका लागि कुकुर तथा बाँदरलगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने निर्णय गरेको हो । सन् २०२१ मा अन्तरिक्षमा मानव पठाउने योजनामा रहेको भारतले त्यसअघिको परीक्षण प्रक्रियाका लागि यन्त्र मानव अर्थात् रोबोटको सहारा लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतले सबै परीक्षणपछि सन् २०२१ को डिसेम्बरमा अन्तरिक्षमा मानव पठाउने तयारी गरेको छ । भारतको यो मिसन सफल भएमा भारत अन्तरिक्षमा मानव पठाउने चौथो देश हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।