गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
रुकुम – शिशु हत्याको अभियोगमा अदालतबाट दोषी ठहरिएका एक व्यक्ति दश वर्षपछि पक्राउ परेका छन् । बाँफिकोट गाउँपालिका–७ मग्माका ४२ वर्षीय डम्बर खत्रीलाई आइतबार स्थानीय मग्मा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
०६६ असोज २३ गते रूकुम जिल्ला अदालतबाट शिशु हत्याको दोषी ठहर गरी २० वर्ष जन्मकैदको सजाय तोकिएको थियो । घटनापछि खत्री फरार रहेको र अहिले घर आएको थाहा पाएपछि गिरफ्तार गरेको प्रहरीले बताएको छ ।
त्यही ठाउँकी ३४ वर्षीया घिउकुमारी परियारसँगको अवैध सम्बन्धबाट ०६५ साल जेठ २३ गते जन्मिएको बच्चालाई त्यही दिन हत्या गरेको भन्दै दुबैजना विरूद्ध उजुरी परेपछि अनुसन्धान गरी प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो ।
त्यसपछि अदालतले ०६६ असोज ६ गते दुबैजनालाई २० वर्ष कैद सजाय सुनाएकोमा घिउकुमारीलाई रूकुम कारागारमा चलान गरिए पनि डम्बर भने फरार रहेका थिए ।
गिरफ्तारीमा परेका डम्बरलाई अदालतमा पेश गरेर कारागार पठाइने जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।