के हाे दुर्लभ रगत ‘गोल्डेन ब्लड’? जुन विश्वमै जम्मा ४३ जनामा मात्र छ

 माघ १०, २०७५ बिहीबार १४:५४:५१ | एजेन्सी
unn.prixa.net

'गोल्डेन ब्लड' अर्थात सुनौलो रगत भन्ने बित्तिकै कतिपयलाई अचम्म लाग्न  सक्छ, रगत त रातो पो हुन्छ कसरी सुनौलो भयो ?

तर रगतका विभिन्न समूहमध्ये 'गोल्डेन ब्लड' पनि एक हो । यसलाई दुर्लभ रगत समूह मानिन्छ । जो विश्वमा एकदमै कम मानिसमा मात्र भेटिन्छ । यो रगत समूह भएका मानिसलाई विशेष मानिए पनि उनीहरुको लागि आफ्नो रगत समूह 'गोल्डेन' हुनु घातक हुनसक्छ । जुन रगत समूहलाई 'गोल्ड ब्लड' भनिन्छ, त्यसको वास्तविक नाम RH Null 'आरएच नल’ हो ।

आरएच नल के हो र यो किन महत्वपूर्ण मानिन्छ जसका कारण यसकाे तुलना सुनसँग गर्ने गरिन्छ ? आखिर यो रगत समूह हुनु उनीहरुलाई किन खतरा हुन्छ त ? यी प्रश्नको उत्तर थाहा पाउनुभन्दा पहिले रगत समूहकाे वर्गीकरण कसरी हुन्छ थाहा पाउन जरुरी हुन्छ ।

कसरी हुन्छ त रक्त समूहकाे वर्गीकरण ?

रगत जुन रक्तकोशिकाबाट बनेको हुन्छ, त्यसको माथि प्रोटिनको एक पत्र हुन्छ, जसलाई एन्टिजन भनिन्छ । रगत समूह ‘A’ मा एन्टिजन ‘A’ हुन्छ । रगत समूह ‘B’ मा ‘B’, रगत समूह ‘AB’ मा दुइटै एन्टिजन र रगत समूह ‘O’ मा कुनैपनि एन्टिजन हुदैन ।

रातो रक्तकोशिकामा अर्कै एन्टिजन हुन्छ । यसलाई ‘RHD’ भनिन्छ । यो एन्टिजन ‘61RH’ एन्टिजन समूहको हिस्सा हो । जब रगतमा ‘RHD’ हुन्छ, त्यसलाई पोजेटिभ ग्रुप भनिन्छ । यस्तै ‘RHD’ नहुँदा नेगेटिभ ग्रुप भनिन्छ ।

यसरी सामान्य रगत समूहको पहिचान गरेर त्यसको वर्गीकरण यसरी गरिएको छ, A-, B+, B-, AB+, AB-, O+ र O-  ।

कसैलाई रगत चाहियो भने उसको रगत कुन समूहको हो भन्ने थाहा हुनुपर्छ । यदि नेगेटिभ रगत  समूह भएका मान्छेलाई पोजेटिभ रगत समूहको रगत दिइयो भने त्यो उसको लागि घातक हुनसक्छ । किनकि उसको शरीरको एन्टिबडीले यो समूहको रगतलाई स्वीकार्न सक्दैन ।

यसकारण O- रगत समुहलाई युनिभर्सल डोनर भनिन्छ । किनकी यसमा न एन्टिजन A, B हुन्छ र न त RHD  हुन्छ । यस्तो रगत बिनाअवरोध अन्य रगतसमूहमा घुलमिल हुन्छ ।

खतरनाक ‘गोल्डेन ब्लड’

रगतमा जति पनि कम्बिनेशन छन्, त्यसमा RH Null सबैभन्दा फरक मानिन्छ । यदि कसैको रगतमा RH एन्टिजन नै छैन भने उसकाे रगत समूह RH Null अर्थात 'गोल्डेन ग्रुप' हुन्छ ।

बायोमेडिकल रिसर्च पोर्टल मोजाइकमा छापिएको एक लेखमा पेनी बेलीले लेखेका छन्, पहिलोपटक यो रगत समूहको पहिचान सन् १९६१ मा गरिएको थियो । अष्ट्रेलियाकी एक महिलामा यो रगत समूह भेटिएको थियो । त्यसपछि अहिलेसम्म पूरै विश्वमा जम्मा ४३ मानिसमा यो रगत समूह भेटिएको छ ।

नेशनल युनिभर्सिटी अफ कोलम्बियाका हेमाटोलोजी विशेषज्ञ नतालिया विलारोयाका अनुसार यो  रगत समूह वंशाणुगत रुपमा हुने गर्छ । 

सुनौलो रगत समूह वरदान र अभिशाप दुईटै  

यो युनिभर्सल रगत समूह हो जो कुनैपनि RH र बिना RH काे रगत भएका मानिसहरुलाई चढाउन सकिन्छ । तर यो आफैमा दुर्लभ रगत समूह भएकोले यो रगत दान एकदमै कमरुपमा गरिन्छ । नेशनल रिफ्रेन्स लेबाेरेटरीका निर्देशक डाक्टर थिएरी पेरर्डका अनुसार एकदमै दुर्लभ भएका कारण नै यसलाई 'गोल्डेन ब्लड' भनिएको हो ।

बेलीका अनुसार यस समूहको रगत एकदमै महंगो हुनेगर्छ । कसैको नाम र ठेगानाबिना नै यो रगतलाई ब्लड बैंकमा राखिन्छ तर वैज्ञानिकहरुले आफ्नो अनुसन्धानको लागि भने यो रगत दान गर्नेहरुको नाम ठेगानासहित राखेको पाइएको छ ।

गोल्डेन ब्लड ग्रुप हुनु मानिसलाई चुनौती पनि भइदिन सक्छ । युएस रेयर डिजिज फर इन्फर्मेशन सेन्टरका अनुसार यो रगत समूह भएको मानिसमा एनिमिया अर्थात रक्तअल्पता हुने डर हुने गर्छ । र उनीहरुलाई रगत चढाउनुपर्ने भयो भने यस समूहको रगत भेटाउन पनि समस्या हुनेगर्छ ।

यदि अन्य देशमा यो रगत समूहका दाता भेटिहाले पनि यसलाई ल्याउन खर्चिलो साथसाथै झन्झटिलो हुने गर्छ ।

यस रगत समूहका मानिसहरु ब्राजिल, काेलम्बिया, जापान, आयरल्याण्ड र अमेरिकामा रहेका छन् । यो रगत समूहका मानिसहरुलाई आफ्नो रगत दान गरिराख्न प्रोत्साहन गरिएको छ । आवश्यक परेको बेला आफैलाई र यस समूहका अन्यलाई पनि काम लाग्न सक्छ । किनकी भनेको बेला यो रगत भेटाउन असम्भव जस्तै हुनेगर्छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Kabiraj Satyal

    Jan. 24, 2019, 9:37 p.m.

    I have o-

  •  0 Reply
  • yagya raj dahal

    Jan. 24, 2019, 9:15 p.m.

    विस्वभरिका मानिशरुको रगत परिक्षण गरेर हेर्नू पर्यो नि र पो कति मा यो समुहको रगत छ थाहा हुन्छ ।अहिले एउता पालिका मा रिसर्च गरेर हेर्ने हो भने 80% मानिशरुलाइ आफ्नो रक्त समूह थाहा छैन अनि के को विस्वमा 43

  •  0 Reply

तपाईको प्रतिक्रिया