पालिका उपचुनावको प्रचारका लागि आज अन्तिम दिन, रातिदेखि मौन ...
मंसिर १३, २०८१ बिहिबार
यूएईविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमा नेपालले ३० ओभर बलिङ गर्दा ४ विकेट लिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली यूएईले अहिलेसम्म ४ विकेटको नोक्सानीमा ८३ रन बनाएको छ ।
नेपालका सोमपाल कामीले पहिलो ओभरको बलिङ लिएर आएका थिए । सोमपालले अहिलेसम्म ७ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै १ विकेट लिएका छन् ।
यसैगरी दोस्रो नम्बरमा बलिङ गर्न आएका करण केसीले ६ ओभर बलिङ गर्दा २ ओभर मेडन राखेर १३ रन खर्चँदै १ विकेट लिए ।
कप्तान पारस खड्काले ८ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १६ रन दिएर १ विकेट लिएका छन् । अहिलेसम्म ६ जना बलर प्रयोग गरेको नेपालका लागि आरिफ शेखले चौथो बलरको रुपमा बलिङ गरे । उनले अहिलेसम्म २ ओभर बलिङ गर्दा १० रन खर्चिए ।
पाँचौ बलरको रुपमा लेगस्पिनर सन्दीप लामिछाने बलिङमा आएका थिए । ५ ओभर बलिङ गर्दा सन्दीपले १९ रन दिँदै एक विकेट लिएका छन् ।
छैटौं बलरको रुपमा ललितनारायण राजवंशी आएका थिए । उनले २ ओभर बलिङ गर्दा ५ रन खर्चिएका छन् । ३० ओभरको खेल सकिँदा यूएईले ८३ रन जोडेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।