हिरो गोल्डकप महिला फुटबल: पहिलाे खेलमा नपाल म्यानमारसँग पराजित

 माघ २६, २०७५ शनिबार १९:०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा आजदेखि शुरु भएको हिरो गोल्डकप महिला फुटबलमा नेपाल पराजित भएको छ ।

फिफा वरीयताको ४४ औं स्थानमा रहेको म्यानमारसँग पुछारको नेपाले ३-० गोलले पराजित भएको हो ।

फागुनमा नेपालमा हुन लागेको पाचौं साफ महिला च्याम्पियनिसपको तयारीका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको नेपाली महिला टिम पहिलो खेलमै निराश बन्न पुगेको हो ।

सुरुवाती मिनेटमा आक्रामक देखिएको नेपालले पहिलो हाफमा अग्रता लिने सुन्दर मौका गुमाएको थियो । पहिलो हाफको ४४ औं मिनेटमा म्यानमारले खिन मोइ वाइको गोलमार्फत अग्रता लियो ।

निकै आक्रामक देखिएको म्यानमारले दोस्रो हाफमा दुई गोल गर्दै फराकिलो जित हात पार्न सफल भयो । उसले खेलको ५२ औं मिनेटमा दोस्रो गोल गर्यो भने ७७ औं मिनेटमा तेस्रो गोल थप्यो ।

भारतीय फुटबल एशोसिएशनले भुवनेश्वरमा आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल, भारत, म्यानमार र इरानले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिग अनुसार शीर्ष दुई टिमका बीचमा उपाधि भिडन्त हुनेछ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया