काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
रुकुम पूर्व - निर्वाचित वडा अध्यक्षबाट महिला कुटिएपछि महिलाहरुले वडा अध्यक्षलाई कारबाहीको साथै राजीनामा माग गरेका छन् ।
गएकाे फागुन ५ गते रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ का वडा अध्यक्षले हेलमेट प्रहार गरी स्थानीय जयपुरी बुढालाई घाइते बनाएका थिए ।
वडा अध्यक्ष बुढाले निर्माणाधीन भवनको चर्पीको विषयमा विवाद हुँदा निर्माण उपभोक्ता समितिकी महिला सदस्य जयपुरी बुढालाई कुटपिट गरेका थिए ।
छलफलका क्रममा वडाअध्यक्षले एक्कासी हेलमेटले टाउकोमा हानेर घाइते बनाएका बताइएकाे छ । गाउँपालिकाको ५ लाख बजेटमा निर्माण भइरहेको महिला भवनको चर्पीको खाल्डो स्टमेट अनुसार नभएको भन्दै वडाअध्यक्षको हातपात गरेको बुझिएको छ ।
आफैले मतदान गरेर चुनेका जनप्रतिनिधिबाट असुरक्षित भएको भन्दै उक्त वडाका महिलाहरुले प्रेस विज्ञप्ति्मार्फत वडा अध्यक्षको राजीनामा माग गरेका हुन् । सामुदायिक महिना भवन निर्माण समिति, सम्पूर्ण तकसेरावासी महिला र पारालिगल महिला समितिको तर्फबाट एक विज्ञप्ति जारी गरी उनीहरुले वडाध्यक्ष माथि कडाभन्दा कडा कारबाहीको माग समेत गरेका छन् ।
सामान्य विवादको समयमा संयमित हुनुको साटो महिला माथी हातपात गरेर वडा अध्यक्षले कानुनको उलंघन गरेको उनीहरुले बिज्ञप्ती मार्फत जनाएका छन् । जसको भोटले कुर्सिमा पुगे, उसैलाई अपमान गरेकोले पदमा बसिरहन आवश्यक नरहेको उनीहरुको बिज्ञप्तीमा उल्लेख रहेको छ ।
कुटपिटको विवाद इलाका प्रहरी कार्यालय तकसेरा हुँदै हाल जिल्ला प्रशासन कार्यालय रुकमु पूर्व र जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वसम्म पुगेको छ । पीडित महिलाले आफूमाथि योजनाबद्ध आक्रमण भएको भन्दै क्षतिपुर्तिको माग गरेको बुझिएको छ ।
पीडित जयपुरीले रुकुमकोटमा रहेको अस्पतालमा उपचार गराईरहेको बतारहको उनका भाई लक्ष्मण बुढामगरले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।