बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा पराजित जर्मनी र दक्षिण काेरियालार्इ हराउँदै ३ अंक जाेड्न सफल स्विडेन शनिबार मध्यराति एक अापसमा भिड्दैछन् ।
समूह चरणबाटै बाहिरिने जोखिम अन्त्य गर्न पनि जर्मनीलाई आज जित्नैपर्ने दबाब छ । पहिलाे खेलमा जित हासिल गरेकाे स्वीडेन मनाेबल पनि उच्च छ ।खेल सोचीमा रहेको फिष्ट रंगशालामा नेपाली समय अनुसार मध्यराति पौने १२ बजेपछि शुरु हनेछ ।
दुवै टाेलीमा प्रभाव पार्नसक्ने खेलाडीहरु छन् :
मेक्सिकोसंगको खेलमा प्रशिक्षक योआखिम लुवले मार्को रोइसलाई बेन्चमा राखेपछि धेरै जर्मन समर्थक आश्चर्यचकित भएका थिए । लिरोई सानेलाई विश्वकपमा छनोट नगरेको अवस्थामा रोइसलाई पनि बेन्चमा राख्दा जर्मनीले खासै आक्रमण गर्न नसक्ने आकलन मैदानमा केही हदसम्म सही देखिएको थियो ।
जर्मनीलाई लयमा ल्याउन रोइसको उपस्थिति महत्वपूर्ण रहनेछ । घाइते भएका कारण सन् २०१४ को विश्वकप र २०१६ को युरोकप गुमाएका रोइस अहिले फिट छन् ।
मैदान फर्किएपछि रोइसले चार खेलमा चार गोल गरेका थिए । जर्मनीका लागि ३२ खेलमा ९ गोल गरेका रोइसले जर्मनीको उद्धार गर्न सक्ने आँकलन विश्लेषकहरुले गरेका छन् ।
दक्षिण कोरियाविरुद्धको खेलमा म्याच अफ द म्याच बनेका ग्रान्क्भिस्ट स्वीडेनका कप्तान हुन् ।
३३ वर्षीय भेट्रान डिफेन्डर गोल गर्न पनि सक्षम छन् । उनले देशका लागि ७३ खेलमा ७ गोल गरेका छन् । जर्मनीलाई रोक्नका लागि उनको प्रदर्शन महत्वपूर्ण रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।