बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
विश्वकप फुटबलमा बेल्जियमले ट्युनिसयालाई ५–२ ले हराएको छ । शनिबारको पहिलो खेलमा बेल्जियमलाई शानदार जित दिलाउन राेमेलु लुकाकु र कप्तान इडेन हाजार्डले दुई-दुई तथा मिचि बात्सुवाईले एक गोल गरे ।
खेलको छैठाैं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।
१६ औं मिनेटमा राेमेलु लुकाकुले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे ।
तर, त्यसको २ मिनेट नबित्दै ट्युनिसियाका ब्रोनले गोल गर्दै गोल अन्तर २–१ को अवस्थामा पुर् । पहिलो हाफमा थप गरिएको समयमा लुकाकुले गोल थप्दै बेल्जियमलाई ३–१ ले अघि बढाए ।
दोश्रो हाफमा बेल्जियमले फेरि २ गोल र ट्युनिसियाले पनि एक गोल थपे । ५१ औ मिनेटमा हाजार्डले गोल गर्दै टिमका लागि गोल संख्या ४ पुर्याए भने खेलको ९० औ मिनेटमा बेल्जियमका मिचि बात्सुवाईले अर्को गोल थपे । खेलको अन्तिम समयमा खाज्रीले १ गोल थपे ।
जितसंगै बेल्जियमले ६ अंक बनाउँदै नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।