काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाली युवा खेलाडी सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा आफ्नो दबदबा कायमै राखेका छन् । टिमको छैटौं तथा आफ्नाे तेस्रो खेलमा महत्वपूर्ण चार विकेट हात पारे । उनले जम्मा १० रन खर्चिएर उक्त सफलता हात पारेका हुन् ।
सन्दीपले सुरुवाति टप अर्डर ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाएका हुन् । आज सन्दीपबाट सेन वाट्सन, रिले रुसो, उमर अकमल र डेनिस अजिजलाई पेभेलियनको बाटो देखाए ।
टस जितेर पहिले फिल्डिङ गरेको सन्दीपको टिम लाहोर कलन्दर्सलाई पहिलो सफलता दिलाउने क्रममा क्वेटा ग्लाडियर्टसका शेन वाट्सनलाई आउट गरेका थिए ।
७ रन बनाएर खेलेका वाट्सन सन्दीपको बलमा एलबीडब्ल्यू आउट भए । चौथो ओभरको चौथो बलमा एलबीडब्ल्यूको अपिल गर्दा रिभ्यू लिएपछि आउट हुन पुगे ।
दोस्रो विकेटको रुपमा सन्दीपले छैटौं ओभरको पहिलो बलमा रिले रुसोलाई आउट गरे । ८ रन बनाएका रुसोलाई डेभिड विसको हातबाट क्याच गराएका थिए । तेस्रो विकेट सन्दीपले त्यही ओभरको अन्तिम बलमा हात पारे । १ रन बनाएका उमर अकमललाई चाैथाे विकेटका रुपमा सन्दीपले आउट गरेका हुन् ।
आठौं ओभरको तेस्रो बलमा डेनिस अजिजलाई आउट गर्दै व्यक्तिगत र टिमका लागि चौथो विकेट लिन सफल भए । सन्दीपले आज किफायति बलिङ गर्दै महत्वपूर्ण ४ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Janak Raj Ojha
Feb. 27, 2019, 6:59 p.m.It's great and Positive news to us as being a Nepalese.