काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - चीनको फुटबल संघका अध्यक्ष चाई झिन्हुआ नेपाल आइपुगेका छन् ।
नेपालको २ दिने भ्रमणका लागि काठमाण्डाै आएका झिन्हुआ र अखिल नेपाल फुटबल संघ एन्फाका बीचमा महत्वपूर्ण सम्झदारी भएको छ । चिनियाँ खेलकुद मन्त्रालयका सहमन्त्रीसमेत रहेका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौतासमेत गरेका हुन् ।
जस अनुसार चीनले नेपाली फुटबलको विकासमा सहयोग गर्नेछ । बिहीबार नै चिनिया फुटबल संघका अध्यक्ष झिन्हुआ र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले चार वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपाली फुटबलका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण मुख्य विषय रहेको जनाइएको छ ।
सम्झौतापछि आयोजित समारोहमा एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलको विकासमा योगदान गर्ने चीनको सहमतिकाे प्रशंसा गर्नुभयाे भने चीनका अध्यक्ष झिन्हुआले नेपाल र चीनको फुटबल बिकासमा आधार तयार भएको बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।