बैंकहरुको खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन
माघ २१, २०८१ सोमबार
विश्वकपमा दक्षिण अमेरिकी मुलुकलाई हराएर इतिहास कायम गरेको जापान सेनेगलसँग आफ्नो दोस्रो खेलमा जित हात पारेर अर्को इतिहास कायम गर्ने लक्ष्यमा छ ।
पहिलो खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी कोलम्बियालाई हराएको जापानले सेनेगललाई हराएमा विश्वकपमा पहिलो दुई खेल जित्ने एसियाली मुलुकको कीर्तिमान कायम गर्नेछ ।
विश्वकपमा अहिलेसम्म कुनै एसियाली मुलुकले लगातार दुई खेल जितेका छैनन् । सेनेगलविरुद्धको जितले जापानले कीर्तिमानमात्र होइन नकआउट चरणमा समेत स्थान बनाउनेछ ।
इकाटेरिन्बर्ग रंगशालामा हुने जापान र कोलम्बियाबीचको खेल नेपाली समय अनुसार पौने नौ बजे हुनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टिमका लागि आजको तीन अंकले नकआउट चरणको यात्रा सुनिश्चित गराउनेछ ।
पहिलो खेलमा हात पारेको जितका कारण दुवै टिमका समर्थक प्रसन्न छन् भने खेलाडीको मनोबल उच्च भएको छ ।
पोल्याण्डलाई २–१ ले हराउँदा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका सेनेगलका एम्बाए निआङ इन्ज्युरीका कारण मैदानबाट बाहिरिन बाध्य भए ।
तर उनी जापानविरुद्धको खेलका लागि फिट भइसकेका छन् । ‘समूहमा विश्वास गर्छु । एक जित पर्याप्त छैन, हामीले नकआउट चरणका लागि अझ धेरै मेहनत गर्नु जरुरी छ ।’ निआङले भने ।
‘जापान क्षमतावान टिम हो, हाम्रो तयारीको प्रमुख पाटो अन्तर्गत उसका खेलहरु हामीले अध्ययन गरिरहेका छौं ।’ निआङले भने ।
खेलको तेस्रो मिनेटमै १० खेलाडीमा सिमित बनेको कोलम्बियाविरुद्ध जित हात पारेको जापानलाई सेनेगलसँगको खेल भने त्यति सहज हुनेछैन ।
जापानलाई आजको खेलमा सेनेगलको काउन्टर अट्याक राम्रैसँग झेल्नु पर्नेछ ।
‘उनीहरुको गति र शारिरिक शक्ति अपेक्षाकृत बलियो छ । सबै खेलाडीबीचको तालमेल निकै राम्रो छ ।’ जापानका डिफेन्डर युतो नागातोमोले भने । ‘व्यक्तिगत रुपमा सबै खेलाडी क्षमतावान छन्, तर क्षमतावान खेलाडीवीच कुनै बेला हुन सक्ने तालमेलको अभावको मौका हामी खोज्नेछौं ।’
जापान र सेनेगल अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलमा तीन पटक आमने सामने भएका छन् ।
कुनै पनि खेलमा जापानले सेनेगलमाथि जित हात पार्न सकेको छैन । तीन खेलमा दुई खेल सेनेगलले जितेको थियो भने एक गोल बराबरीमा सकिएको थियो ।
यी दुई टिमको अन्तिम खेल सन् २००३ मा भएका थियो । मैत्रिपूर्ण खेलमा सेनेगल १–० ले विजयी भएको थियो ।
–अहिलेसम्म कुनै पनि एसियाली टिमले विश्वकपको पहिलो दुई खेलमा लगातार जित हात पार्न सकेको छैन ।
–सन् २००२ पछि जापानले लगातार दुई खेल जित्न सकेको छैन । आफ्नै भूमिमा भएको त्यो संस्करणमा जापानले दोस्रो र तेस्रो खेलमा क्रमशः रसिया र ट्युनिसियालाई हराएको थियो ।
–पछिल्लो नौ खेलमा सेनेगलले जम्मा पाँच गोलमात्र खाएको छ, जसमा उसले पाँच जित, तीन बराबरी र एक हारको नतिजा निकालेको थियो ।
–सन् २००२ पछि कुनै पनि अफ्रिकी टिमले विश्वकपमा पहिलो दुई खेल जितेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।