प्रिमियर लिग जित्ने लिभरपुलको अभियानमा धक्का, एभर्टनसँग बराबरीमा रोकियो

 फागुन २०, २०७५ सोमबार ७:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थान दावी गरिरहेको लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको छ । यो बराबरीसँगै २८ वर्षपछि पहिलो प्रिमियर लिग जित्ने लिभरपुलको अभियानमा धक्का लागेको छ ।

लिभरपुल रोकिँदा म्यानचेस्टर सिटीलाई भने फाइदा भएको छ । २९ चरणको खेल सकिँदा म्यानचेस्टर सिटीले एक अंकको अग्रता लिएको छ । एभर्टनसँग बराबरीमा रोकिएको लिभरपुलको ७० अंक छ भने म्यानचेस्टर सिटीले ७१ अंक बनाउँदै शीर्ष स्थान कब्जा गरेको छ । 

खेलमा लिभरपुलले एभर्टनको पोस्टमा १० वटा सट प्रहार गरेपछि एउटा पनि गोल हुन सकेन । १० मध्य तीनवटा सट लिभरपुलले फ्रेममा हानेको थियो । एभर्टनविरुद्ध मोहमद सलाहले गोल गर्ने दुईवटा उत्कृष्ट मौका गुमाएपछि लिभरपुल अंक बाँढ्न बाध्य भयो । 

लिभरपुललाई रोकेको एभर्टनले तालिकामा ३७ अंक बनाएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया