काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - अबदेखि नेपाली राष्ट्रिय फुटबल टिमले लगाउने जर्सीमा नयाँ लोगो प्रयोग हुने भएको छ ।
त्यसका लागि अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार राजधानीमा नयाँ लोगो र टिमले लगाउने जर्सीको नयाँ डिजाइन सार्वजनिक गरेको हो । पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार पारेका हुन् । एन्फाले गरेको कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले लोगो सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा लोगो डिजाइन गर्ने सन्दीप तिवारीलाई नगद ५० हजारसहित सम्मान पनि गरिएको छ । नयाँ लोगोको माथिल्लो भागमा सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह रहेको र ती फुटबलले ७ वटै प्रदेशलाई बुझाउने डिजाइनर तिवारीले जानकारी दिए । यसअघि २०६२–०६३ पछि पनि एन्फाले श्रीपेचको ठाउँमा फुटबल राखेर लोगो परिवर्तन गरेको थियो ।
यस्तै नेपाली खेलाडीले प्रयोग गर्ने जर्सीको रङ पनि पहिला जस्तै रातो र निलो नै हुने छ । तर जर्सीमा प्रयोग हुने लागोको स्थान भने परिवर्तन भएको छ ।
डिजाइनर तिवारीका अनुसार जर्सीको अघिल्लो भागमा सर्वोच्च शिखर सगरमाथा, बायाँपट्टि एन्फाको लोगो र जर्सीको पछाडि राष्ट्रिय झण्डा हुने छ । यसअघि दुई वटा कम्पनीले नेपालको जर्सी बनाउने गरेकोमा एकरुपता दिन भन्दै अबदेखि केल्मीले मात्र नयाँ जर्सी बनाउने छ ।
त्यसका लागि एन्फाले सम्झौता पनि नवीकरण गरेको छ ।
सोमबार नै एन्फाले फुटबल गीत पनि सार्वजनिक गरेको छ । राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलाले नै फुटबल गीत रचेका छन् । गीतमा इन्दिरा जोशी, शिव परियारलगायतकाे स्वर रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।