भारत–पाकिस्तानबीचको विवाद वार्ताद्वारा हल हुनेमा चीन आशावादी

 फागुन २३, २०७५ बिहीबार २०:३३:३८ | रासस
unn.prixa.net

 चीनले भारत र पाकिस्तानबीच सकारात्मक भावना देखा पर्दै जानेमा आफू पूर्ण रुपमा आशावादी रहेको बताएको छ । 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारत र पाकिस्तान वार्तामार्फत् विद्यमान मतभेदको समाधान गरेर सम्बन्धलाई सुमधुर बनाएर जानु राम्रो भएको बताउनुभयो । 

पाकिस्तानी विदेश मन्त्रालयले बुधबार भारतका लागि पाकिस्तानी उच्च विशेषज्ञले पदभार सम्हाल्नका लागि चाँडै नयाँ दिल्ली फर्कने जनाएको छ । 

साथै पाकिस्तान तथा भारतले पाकिस्तान–भारत सीमा क्षेत्र कर्तापुर करिडोरबारे छलफल गर्न मार्च १४ र २८ तारिख एक–अर्कातर्फ प्रतिनिधि मण्डल पठाउने तयारी भइरहेको आफूले जानकारी पाएको लुले बताउनुभयो । पाकिस्तानले भारतसँग उच्चस्तरीय सम्पर्क राख्दै जाने इच्छा पनि व्यक्त गरेको छ । 

'पाकिस्तान र भारत अन्यत्र सार्न नहुने छिमेकी हुन् र आपसमा छिपेकीपना दुवै पक्षको आधारभूत हितसँग अनुकूल छ', पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै प्रवक्ता लु खाङले भन्नुभयो, 'चीनले यी दुई पक्षबीचको वार्ताका लागि आवश्यक परे रचनात्मक भूमिका निर्वाह गर्दै जानेछ ।' 

अन्तिम अपडेट: कात्तिक २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया