धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजनालाई जर्मन सरकारले ...
पुस १९, २०८१ शुक्रबार
सर्लाही - तराइ भ्रमणमा निस्कनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई सर्लाहीको सदरमुकाम मलंगवामा बिहीबार नागरिक अभिनन्दन गरिएको छ ।
सडक मार्ग भएर सर्लाही आइपुग्नु भएका पूर्व राजा शाहको स्वागतका लागि जिल्लाको विभिन्न स्थानबाट समर्थकहरु सदरमुकाम आइपुगेका थिए । नागरिकको बाक्लो उपस्थिति भएपछि सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको थियो।
पूर्व राजा शाह सदरमुकाम मलंगवामा रहेको दुर्गा भगवती मन्दिरमा पूजाअर्चनालगत्तै नागरिकको तर्फबाट गरिने अभिनन्दनमा सहभागी हुन नजिकै एउटा पार्टी प्यालेसमा पैदल हिँडेर आईपुग्नु भएको थियो।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दकाे अवज्ञा गर्दै कडा सुरक्षाबीच महोत्तरीको जलेश्वरबाट दिउँसो ४ बजे मलंगवा आइपुग्नु भएको हो । उहाँलाई नवलपुर चौकदेखि मलंगवासम्मको विभिन्न गाउँ तथा चौकमा रहेका नागरिकले स्वागत गर्नुका साथै ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएर जयजयकार गरेका थिए ।
पूर्व राजा शाहलाई भेटन सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्राेण पोख्रेल, नेपाल प्रहरीका उपरीक्षक गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठ होटलमा पुग्नुभएको थियो।
त्यसैगरी पूर्व राजा शाहलाई भेट्न राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित राजावादीहरुको ठूलो उपस्थिति रहेको थियो ।
पूर्व राजा शाहसँग पूर्व मन्त्री सोनेलाल यादव, राप्रपा नेपालका सर्लाही अध्यक्ष प्रभाकर सिंह र राष्ट्रिय एकता परिषद्का नेता प्रेम श्रेष्ठले मात्र भेट गर्न पाएका थिए। नजिकबाट पूर्व राजालाई हेर्न चाहेका नागरिकले भेटन नपाएपछि उनीहरूले आक्रोश पनि व्यक्त गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।