अन्तिम अभ्यास खेलमा नेपाली युवा टिमले आन्ध्र प्रदेशलाई ५ विकेटले हरायाे

 चैत १४, २०७५ बिहीबार १७:५६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रीय प्रतियोगिताको तयारीका लागि भारतमा रहेको नेपाली युवा टिमले अन्तिम अभ्यास खेलमा आन्ध्र प्रदेशकाे युवा टिम माथि ५ विकेटको जित निकालेको छ ।

पहिले ब्याटिङ गरेको आन्ध्रले ५० ओभरमा नौ विकेट गुमाउँदै २२० रन बनाएको थियो । उसका लागि रवि किरणले सर्वाधिक ४५ रनको योदगान दिए । यस्तै सुब्रमन्यमले ३८, धरानी कुमारले ३७ रन बनाए ।

बलिङतर्फ सूर्य तामाङ र पवन सर्राफले २–२ विकेट लिए । प्रतिश जिसीले पनि एक मेडनसहित एक विकेट लिए । यस्तै कमल सिंह ऐरी र भीम शार्कीले एक-एक विकेट लिए ।

२२१ रनको लक्ष्य नेपालले ४८ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले ६५ रन बनाए भने रोहित पौडेल र भीम सार्कीले समान ४५–४५ रन बनाए । यस्तै रविकुमार शाहले ३७ रन थपे । नेपालले सुरुवात भने राम्रो गर्न सकेको थिएन । उनले १२ रन बनाउँदा दुई विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि रवि र आसिफ शेखले दरिलो साझेदारी गरेका थिए ।

चार अभ्यास खेलका लागि भारत गएको नेपाली युवा टिम अब स्वदेश फर्किनेछ । भारतमा भएको अभ्यास खेलका आधारमा नेपाली टिमको अन्तिम टुंगो लाग्नेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया