काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – चित्रकार रञ्जु यादवको पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ ।
चैत १६ गतेदेखि सुरु भएको पाँच दिवसीय प्रदर्शनी चैत्र २० गतेसम्म चल्ने छ । प्रदर्शनीमा यादवका २९ वटा कलाचित्र प्रदर्शित छन् ।
व्यावसायिक रुपमा मिथिला चित्रकलामा विगत ६ वर्षदेखि सक्रिय रहेकी यादवले पछिल्लो तीन वर्षमा कोरेका चित्रहरु एकल प्रदर्शनीमा राखेको बताउनुभयो ।
नेपाली समाजमा भएका परिवर्तनलाई मात्र नभइ समाज निरन्तर परिवर्तन र गतिशील हुनुपर्ने आफ्नो चाहनाअनुसार आफ्ना चित्रहरु कोरेकोले प्रदर्शनीको नाम ‘कलर्स अफ् चेञ्ज’ राखिएको उहाँको भनाइ छ ।
प्रदर्शित कलाचित्रहरुमध्ये केही चित्रहरु नेपालको तराई मधेश र मिथिला क्षेत्रको संस्कृति, परम्परा र जीवनशैली भल्काउने खालका छन् भने अधिकांश चित्रहरु समाजमा व्याप्त विकृति, विसंगति र समस्यालाई उजागर गर्दै त्यसको विरोधमा कोरिएका छन् ।
विशेषगरी दाइजो प्रथा, बालिका भ्रुण हत्या, बाल विवाह, जातीय छुवाछुत, महिला हिंसा, महिला पुरुष असमानताजस्ता जल्दोबल्दो समस्या र विकृतिलाई चित्रकार यादवले आफ्ना कलाचित्रमार्फत् देखाएका मात्र छैनन्, उहाँले यी विसंगतिहरु मानव सभ्यताकै लागि कलङ्क र पछौटेपनको प्रतिक हुन् भन्ने खोज्नुभएको छ ।
‘हाम्रो समाज र मुलुकमा विद्यमान सामाजिक र सांस्कृतिक विकृति, विसंगति र अन्यायविरुद्ध आफ्ना कलाचित्रहरुमार्फत् मैले आफ्ना असहमति र रिस पोखेको हूँ’, चित्रकार यादवको भनाइ छ ।
चित्रकार यादवका अनुसार रङ्ग र ब्रस उनका हतियार हुन् जसलाई आर्ट पेपर र क्यान्भासमा प्रयोग गरेर समाजमा शताब्दीयौदेखि विद्यमान् अन्याय, अत्याचार र विकृतिविरुद्ध उहाँ लड्ने गर्नुहुन्छ ।
‘कला कलाका लागि मात्र होइन । कला समाजका लागि पनि हुनुपर्दछ भन्ने मेरो बुझाइ छ । त्यही बुझाइ र विश्वासअनुसार नै समाजमा व्याप्त विकृति, विसंगति, अन्याय र अत्याचारविरुद्ध मैले मेरा चित्रहरु कोर्ने गर्दछु’, यादवले भन्नुभयो ।
चित्रकार यादवका कलाचित्रका चीन चरणहरु पाइन्छ । पहिलो, समाजमा व्याप्त समस्या र विकृतिको चित्रण । दोस्रो, समस्या र विकृतिसँग द्वन्द्व एवम् संघर्ष । तेस्रो, ती समस्या र विकृतिको समाधान ।
आफूले समाजमा विद्यमान् विसंगति, विकृति र अन्यायको चित्रण मात्रै आफ्नो चित्रहरुमा नगरेको भन्दै चित्रकार रन्जुले त्यसको समाधान पनि आफ्ना चित्रहरुमार्फत् सुझाएको बताउनुभयो ।
तराईमा व्याप्त दाइजो प्रथालाई लक्षित गर्दै त्यसको विरोधमा कोरिएका तीन वटा चित्र यादवले प्रदर्शनीमा राख्नुभएको छ ।
त्यसैले शिक्षा र स्वतन्त्रता दिएपछि मात्र महिला र पुरुषबीचको असमानता र भेदभाव हट्ने सन्देश चित्रकार यादवले केही चित्रमार्फत् दिनुभएको छ ।
यस्तै, पति वैदेशिक रोजगारमा गएपछि पत्नीले घरपरिवारदेखि घरबाहिरका सबै काम सम्हाल्नु परेकोले त्यसले गर्दा महिला सशक्तीकरण हुने अवस्थाको चित्रण पनि उहाँको चित्रमा पाइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।