काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
डाेटी – घरेलु तथा साना उद्योग विकास समिति दिपायल राजपुरले डाेटी जिल्लाका ४७ जना उद्यमीहरुलाई लघु उद्यममा प्रयोग गरिने सामाग्रीहरु वितरण गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी व्यापार व्यवसाय गरिरहेका तर उपकरण नहुँदा समस्यामा परेका जिल्लाभरका व्यवसायीहरुलाई छनौट गरी यस्ता समाग्री वितरण गरिएको घरेलु तथा साना उद्योग विकास समिति दिपायल राजपुरका निमित्त कार्यालय प्रमुख नवराज गौतमले बताउनुभयो ।
‘जिल्लामा व्यापार व्यवसाय गरिरहेका तथा सामान नहुँदा समस्यामा परेका व्यवसायीहरुले दिएको निवेदनका आधारमा छनौट गरी सामाग्री वितरण गरेका छौँ’, उहाँले भन्नुभयो, ‘आशा छ, उहाँहरुले अब राम्रै व्यवसाय गर्नुहुनेछ ।’
व्यवसायीहरुलाई प्रदान गरिएका सामाग्रीमा ८० प्रतिशत घरेलु तथा साना उद्योग विकास समिति दिपायल राजपुरको अनुदान तथा २० प्रतिशत माग गर्ने व्यवसायीको रकम रहेको बताइएको छ । प्रदान गरिएका सामाग्रीले यहाँका लघु उद्यमीहरुलाई आफनो व्यापार व्यवसाय गर्नमा निकै राहत हुने जिल्ला समन्वय समितिका संयोजक तथा लघु उद्यमीलाई सामान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राबहादुर ऐरले बताउनुभयो ।
जिल्लामा उद्यमीहरुको सिप विकास लगायत अन्य व्यापार व्यवसायमा सहयोग पुर्याउने हेतुले बर्सेनि लघु उद्यम सम्बन्धि तालिम तथा उपकरण वितरण गर्दै आएको छ । शनिबार वितरण गरिएका सामाग्रीहरुमा सिलाइमेसिन, सुइटर बुन्ने मेसिन, मासु राख्ने डीप फ्रिज, मासु कटिङ गर्ने औजार, चाउमिन,पाउरोटी बनाउने मेसिन, ब्युटीपार्लरसम्बन्धी लगायतका सामग्री रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।