उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
ब्राजिलको उत्तरी क्षेत्रको पारामा एउटा डुङ्गा पुलमा ठोक्किँदा पुल भत्किएको छ । डुङ्गा पुलमा ठोक्किएपछि मोजु खोलाको २ सय मिटर भाग बगेको छ ।प्रत्यक्षदर्शीका अनुसार, डुङ्गाले पुलको एउटा खम्बा भत्काएपछि दुईवटा कार खोलामा खसेकाे थियाे ।
डुङ्गा दुर्घटनामा कति जना घाइते भएको भन्ने बारे स्पष्ट भइसकेको छैन । उद्धारकर्ताहरु खोजतलासीमा जुटेका छन् । जहाजमा सवार ५ चालक सदस्य भने बाँच्न सफल भएको बताइएको छ ।
पाराका गभर्नर हेल्डर बारबाल्होले दुर्घटनापछि संकटकालको घोषणा गरेका छन् । ‘पीडितको खोजी र उनीहरुका परिवारलाई सहयोग गर्नु हाम्रो प्राथमिकता हुनेछ,‘ उनले भने ।
दुर्घटनाग्रस्त पुल ब्राजिलको अमेजन क्षेत्रमा रहेको सबैभन्दा व्यस्त बन्दरगाह, बेलममा रहेको छ । अधिकारीहरु नदी सफा गर्न जुटेका छन् र नजिकको अन्य पुलको खम्बामा चेतावनी संकेत दिँदै अन्य मार्ग भएर जान आग्रह गरेका छन् ।
सन् २०१४ मा पनि एउटा जहाज मोजु खोलको नजिक दोस्रो पुलको खम्बामा ठोक्किँदा जहाज ५० मिटर गहिरो पानीमा डुबेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।