उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
भारतमा लोकसभा चुनाव नजिकिएसँगै सबै पार्टी प्रचारप्रसारमा होमिएका छन् । भोटकै लागि पार्टीहरुले विभिन्न माध्यमको सहयोग लिने गरेका छन् । तर अहिले भने सामाजिक सञ्जाल नै धेरै प्रभावकारी देखिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन दिनेमा भारतीय जनता पार्टी (बीजेपी) सबैभन्दा अगाडि छ । बीजेपी र उसका समर्थकका सामाजिक सञ्जाल पेजले फेसबुकमा दुई महिनामा मात्रै ३६.२ लाख भारुभन्दा बढीको विज्ञापन दिएका छन् । फेसबुकमा यी सबै विज्ञापन फेब्रुअरी र मार्च महिनामा दिइएको हो ।
फेसबुक विज्ञापन लाइब्रेरीको रिपोर्टको अनुसार, यो वर्ष फेब्रुअरीदेखि मार्चको बीचमा ५१ हजार आठ सय १० राजनीतिक विज्ञापनमा भारु १०.३२ करोडभन्दा बढी राजनीतिक दलहरुले खर्च गरेका हुन् । यसमा बीजेपी र उसका प्रचारसँग सम्बन्धित विज्ञापनमा सबैभन्दा धेरै खर्च भएको छ । फेसबुकले विज्ञापन राजनीति र राष्ट्रिय महत्वका मुद्दासँग सम्बन्धित भएको जनाएको छ ।
सत्ताधारी बीजेपी र उसका समर्थकले ‘भारत के मन की बात’ पेजमार्फत विज्ञापनमा धेरै रकम खर्चेका छन् । बीजेपीले यो दुई महिनामा झण्डै ११ सय विज्ञापन दिँदा ३६.२ भारु खर्च गरेको छ । यस्तै बीजेपीले माई ‘फर्स्ट भोट फर मोदी’ र ‘नेशन विथ नमो’ जस्ता पेजमा पनि भारी खर्च गरेको छ । यसको अलावा कांग्रेसले फेसबुक पेजमा ४ सय १० विज्ञापन दिँदै ५.९१ लाख भारु खर्च गरेको छ ।
बीजू जनता दल (बीजेडी) ले विज्ञापनमा भारु ८.५६ लाख, तेलुगु देशम पार्टी (टीडीपी) ले १.५८ लाख र राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले भारु ५८ हजार ३ सय ५५ खर्च गरेको छ । पछिल्लो केही महिनामा सामाजिक सञ्जाल फर्म्याट जस्तैः फेसबुक, ट्वीटर र गुगल विज्ञापनको केन्द्रबिन्दु नै बनेको छ ।
भारतमा २० करोड फेसबुक प्रयोगकर्ताहरु रहेका छन् । यो भन्दा पहिले ‘भारतीय पारदर्शिता रिपोर्ट’ को अनुसार, लोकप्रिय सर्च इन्जिन गूगलमा विज्ञापनमा खर्च गर्ने सम्बन्धमा बीजेपीले सबै पार्टीलाई पछाडि पारेकाे थियो । यही रिपोर्टमा विज्ञापनमा खर्च गर्नेमा कांग्रेस छैटौं नम्बरमा थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।