काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
डोटी – सामाजिक कुप्रथाको विरुद्ध प्रहरीले जनचेतना अभियान सुरु गरेको छ ।
प्रहरीले बालविवाह, बहुविवाह, छाउपडी प्रथा, जातीय विभेद, लैंगिक हिँसा, लागुऔअध दुव्र्यसनीलगायतका कुप्रथाको अन्त्यका लागि डोटी प्रहरीले टोल–टोलमा प्रहरी जनचेतना अभियान थालेको हो । जिल्ला प्रहरी कार्यालय डोटीले केही दिन यतादेखि यो अभियान चलाइरहेको छ ।
डोटीका विभिन्न गाउँ तथा टोलमा अझै पनि बालविवाह तथा बहुविवाह जस्ता सामाजिक कुप्रथा कायमै भएका कारण त्यसको अन्त्यका लागि आफूहरुले यो अभियानको थालनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले बताउनुभयो ।
‘जिल्लाका विभिन्न स्थानमा बहुविवाह, बालविवाहलगायतका घटना कायमै रहेकाले टोल–टोलमा प्रहरी अभियानसँगै अन्य कुप्रथाको अन्त्यका लागि अभियान थालेका छौं’, एसपीले भन्नुभयो, ‘सबैको सहयोग जरुरी छ ।’
जिल्ला प्रहरी कार्यालय डोटीले जिल्ला सदरमुकाममा १७ वटा प्रहरी टोली र अन्य ग्रामिण क्षेत्रमा रहेका प्रहरी ईकाईमार्फत अभियान सञ्चालन गरिरहेको छ ।
प्रहरीहरुको टोल–टोल, स्कुल तथा सार्वजनिक ठाउँहरुमा पुगेर सामाजिक विकृतिका विरुद्धमा जनाचेताना जोगाई रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुर्बबहादुर विष्टले जानकारी दिनुभयो ।
टोल–टोल र गाउँ गाउँमा खटिएका प्रहरी टोलीले प्रत्येक टोलमा बहुविवाह, बालविवाह, छाउपडी प्रथालगायतका अन्य कुप्रथा अन्त्यका लागि स्थानीयहरुलाई भेला गराएर चेतनामुलक पोष्टर पम्पलेट वितरण गर्ने काम गरीरहेका छन् ।
त्यस्तै प्रहरीले विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनीमा फसेका बालबालिका, युवायुवतीहरुलाई समेत सचेतना जोगाइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीको त्यो अभियानमा यहाँका जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक, सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी, स्थानीयबासी तथा सञ्चारकर्मीहरुको समेत सहभागिता रहने गरेको छ ।
पछिल्लो समय जिल्लामा प्रहरीले सञ्चालन गरेको त्यो कार्यलाई यहाँका स्थानीयले स्वागतयोग्य काम भन्दै स्वागत समेत गर्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।