कर्णाली प्रिमियर लिगमा आठ वटा टिम सहभागी हुने

 चैत २६, २०७५ मंगलबार २०:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – कर्णाली प्रमियर लिगको दोस्रो संस्करणमा ८ वटा टिमले सहभागिता जनाउने भएका छन् । 

आउँदो वैशाखमा सुर्खेतको वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा विभागीय टिमसहित देशका विभिन्न क्लबहरुले सहभागिता जनाउने भएका हुन । 

आयोजक कर्णाली किक्रेट एकेडेमीले आज प्रतियोगितमा सहभागी हुने टिमको नाम सार्वजनिक गरेको छ । एकेडेमीका अध्यक्षजीवन शाहीका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफले सहभागिता जनाउने भएका हुन् । 

यस्तै हिमालयन क्रिकेट एकेडमी काठमाण्डौ, मध्यपश्चिम क्रिकेट बाँके, कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, लालिगुरास क्रिकेट एकेडमी झापाले सहभागिता जनाउनेछन् । 

प्रतियोगिता वैशाख १२ गतेदेखि २१ गतेसम्म हुनेछ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया