काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबारराति भएको खेलमा कोलकता नाइटराईडर्सविरुद्ध ७ विकेटको जित निकाल्दै चेन्नई १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । कोलकताले दिएको १०९ रनको लक्ष्य चेन्नाईले १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । चेनईको जितमा फाप डु प्लेसिस र अम्बाती रायडुले उत्कृष्ट साझेदारी गरे ।
प्लेसिस ४३ रन नट आउट रहँदा रायडुले २१ रनको योगदान गरे । यसैगरी शेन वाट्सन १७ तथा सरेश रैना १४ रनमा आउट भए । सुनिल नराइनले २ तथा पिउस चावलाले एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १०८ रन मात्र बनाउन सक्यो ।
खराब सुरुवात गरेको कोलकताका लागि पिउस चाउला र आन्ड्रे रसेलका बीचमा सर्वाधिक २९ रनको साझेदारी भएको थियो । त्यसअघि दिनेश कार्तिक र सुभमन गिलले २० रनको साझेदारी गरेका थिए ।
कोलकताका लागि रसेलले ५० रन बनाउँदा दिनेश कार्तिकले १९ र रविन उथप्पाले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोलकतालाई सानो स्कोरमा रोक्न चेन्नईका दीपक चहरले तीन विकेट लिँदा हरभजन सिंह र इमरान ताहिरले दुई–दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।