उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
जाजरकोट – कर्णाली प्रदेशको जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय, नगर स्वास्थ्य शाखा मातहतमा रहेका र जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरु तलब पाउन सकेका छैनन् ।
मन्त्रालयको उचित व्यवस्थापन गर्न नसक्दा स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य कर्मीलाई समस्या भएको छ ।
पाँच महिनादेखि तलब खान नपाएको भन्दै विहीबारदेखि जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरु हातमा कालो पट्टि बाँधेर आन्दोलनमा उत्रिएका छन् ।
यस अघि हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीले लामो समयदेखि तलब खान नपाउँदा आन्दोलनमा उत्रिन वाध्य भएको बताएका छन् ।
यस अघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताएका छन् ।
भेरी नगरपालिका मातहतका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गएको फागुन महिनादेखि तलब भत्ता खान नपाएको गुनासो गरेका छन् । शुक्रवारसम्म तलब निकासा नगरिए जिल्ला स्वास्थ्यबाट प्रदान हुने सबै सेवा ठप्प पारिने जाजरकोट अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताउनुभयो ।
जिल्ला अस्पतालमा कार्यरत ५७ जना स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र भेरी नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले समयमा तलब पाएका छैनन् ।
नगरपालिकाले भने बजेट तथा कार्यक्रम मन्त्रालयबाटै अहिलेसम्म निकासा नभएको प्रतिक्रिया दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।