पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – नेदरल्याण्ड्सको इन्डिमोल साइनद्वारा सञ्चालित ‘बिग ब्रदर’को फ्रेन्चाइज ‘बिग बोस’ नेपालमा औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ ।
आइम्याक्सले यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टीभी रियालिटी शो हुने दाबी गरेको छ ।
आइम्याक्स प्रोडक्सन तथा इन्डिमोल साइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस नेपाल प्रसारण हुन थालेको हो ।
आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । सोमबार होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरी नेपालमा बिग बस औपचारीक रुपमा सुरु भएको जानकारी गराइएको छ । नेपाल भित्रिएको यो रियालिटी शो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडै नै सुरु हुने बताइए पनि कुन च्यानलबाट प्रसारण हुने भन्नेबारे जानकारी दिइएको छैन ।
देशअनुसार फरक–फरक भाषामा सञ्चलित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचनाअनुसार हुनेछ ।
बिग बोसभित्र रहने सहभागीहरु १०० दिनसम्म सञ्चार सम्पर्कविहीन रही सहभागिता जनाउँदै विभिन्न काम पूरा गर्दै बिग बोसको ट्रफी जित्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।