बिरामी छोरीका कारण सुटिङमा ढिला पुग्दा यी अभिनेता शोबाटै निकालिए

 वैशाख ४, २०७६ बुधबार २०:३९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– ‘बिगबोस–१२’ फेम करणवीर बोहरा एक शोको छायाँकनका लागि सेटमा ढिलो पुगेका कारण शोबाटै निकालिएका छन् ।

करणवीरकी छोरी बिमारी भएपछि बिरामी छोरीको हेरचाह गर्नका लागि उनले च्यानल तथा प्रोडक्शन टिमसँग केही समय मागेका थिए । तर च्यानल तथा प्रोडक्शन टिमले उनलाई समय दिन मानेन । बरु उनलाई उक्त शो बाटै निकालिदिएको छ । करणवीरले यो कुराको खुलासा आफ्नो इन्स्टाग्राम अकाउन्ट गरेका छन् । 

करणवीरले लेखेका छन्, ‘जीवनमा कहिलेकाँही आपतकालीन अवस्था आइदिन्छ । जस्तो कि अचानक बच्चा बिमारी भइदिन्छन् । जसका कारण छायाँकन स्थल पुग्न ढिला भइदिन सक्छ । त्यही कारण च्यानल र प्रोडक्शन टिमले बाहिर निकालिदिनु एकदमै असंवेदनशील कुरा हो । यस्तो पहिले कहिल्यै मसँग भएको थिएन । एक अभिनेता हुनुका साथसाथै म मेरा साना छोरीहरुको पिता हुँ ।’

‘म आपतकालिन अवस्थामा मेरी बिरामी छोरीलाई उनकी आमा वा सहयोगीका साथमा एक्लै छोडेर जान सक्दिनँ । आज बिहान मेरी छोरीलाई मेरो आवश्यकता थियो । त्यसबेला उनी मेरो पहिलो प्रथमिकता थिइन् ।  तोकिएको समयमा छायाँकन स्थलमा पुग्न नसकेकोमा म फेरि पनि प्रोडक्शन टिम र च्यानलसँग माफी माग्न चाहन्छु । कयौं पटक अभिनेताहरुलाई सेटमा पर्खाएर राखिन्छ । र हामीले तपाईँहरुका लागि एडजस्ट गर्नुपर्ने हुन्छ । त्यही व्यवहार हामीहरुका लागि गरिदिनु भएको भए राम्रो लाग्थ्य’, उनले थपे । 

टेलिभिजन अभिनेता करणवीर बोहराले ‘कुबुल हे’, ‘सौभाग्यवती भवः’, ‘नागिन’, ‘क्यों की सास भी कभी बहुथी’ लगायतका चर्चित टेलिभिजन शोमा अभिनय गरिसकेका छन । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया