काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिगमा चेल्सीले बुर्न्लीसँग दुई–दुई गोलको बराबरी खेलेको छ । यो बराबरीले चेल्सीले तेस्रो स्थानमा उक्लने मौका मात्र गुमाएको छैन, टोटह्याम, आर्सनल र म्यानचेस्टर युनाइटेड विरुद्ध अंक तालिकामा पकड बनाउने मौका पनि खेर फालेको छ ।
घरेलु मैदान स्टाफोर्ड ब्रिजमा भएको रोमाञ्चक खेलको आठौं मिनेटमा हेन्ड्रिकको गोल मार्फत बुर्न्लीले अग्रता बनायो । तर १२ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई बराबरीमा पुर्याए । त्यसको दुई मिनेटपछि गोञ्जालो हिगुइनले चेल्सीलाई दुई एकले अगाडि राखे ।
खेलको २४ औं मिनेटमा बुर्न्लीले खेल बराबरीमा उसका लागि बारनेसले गोल गरे । खेलको २५ मिनेटमा नै चार गोल भएको खेलमा त्यसपछि दुबै टिमबाट गोल हुन सकेन ।
यो बराबरीले चेल्सी अहिलेका लागि लिगको चौथो स्थानमा उक्लिए पनि अब लिगमा तीन खेल खेल्न बाँकि हुँदा उसलाई शीर्ष चारमा अट्न आर्सनल, टोटह्याम र म्यानचेस्टर युनाइटेडले दुई खेल हार्नुपर्ने हुन सक्छ ।
चेल्सीको ३५ खेलबाट ६७ अंक भएको छ भने उ भन्दा एक खेल कम खेलेको टोटनह्यामको समान ६७, आर्सनलको ६६ र म्यानचेस्टर युनाइटेडको ६४ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।