काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
नामिबिया र पपुवा न्यू गिनीले एक दिवसीय क्रिकट टिमको मान्यता पाएका छन् ।
नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट क्रिकेट लिगमा तालिकामा शीर्ष चारभित्र रहन सफल हुँदै नामिबिया र पपुवा न्यू गिनीले चार वर्षका लागि एक दिवसीय मान्यता पाएका हुन् ।
लिगको अन्तिम खेलमा नामिबियाले हङकङलाई १५१ रनको भारी अन्तरले हरायो । यो जितसँगै नामिबिया डिभिजन टूको दोस्रो स्थानमा उक्लिएको छ । नामिबियाले ३९६ रनको योगफल तयार पर्दा हङकङ २४५ रनमा अलआउट भएको थियो ।
पपुवा न्यू गिनीले भने एक खेलअघि नै एक दिवसीय मान्यता पाइसकेको ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो ।
२२१ रनको योगफल तयार पारेको पपुवा न्यू गिनीले ओमानलाई ७६ रनमा अलआउट गरेपछि १४५ रनको जित निकाल्यो ।
यसअघि अमेरिका र ओमानले एक दिवसीय मान्यता पाइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।