काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ । साेमबार रातिको खेलमा म्यानचेस्टर सिटीले १–० गोल अन्तरले लेस्टरसिटी विरुद्ध जित निकाले पछि उपाधि होड रोमाञ्चक बनेको हो ।
सिटी जीत पछि तालिको शीर्ष स्थानमा फर्किएको छ भने दोस्रो स्थानमा रहेको लिभरपुल १ अंकले पछि छ ।
सिटीले तालिकामा ९५ अंक पुर्याउँदा लिभरपुलको ९४ अंक छ । गएको सिजन १०० अंकका साथ लिग जितेको सिटीले यस पटक भने अन्तिम खेलमा सिटीले जित हात पारे ९८ अंकका साथ लिग जित्ने छ ।
प्रिमियर लिगको अन्तिम खेलमा सिटीले १७ औं स्थानको ब्राइटन र लिभरपुलले सातौं स्थानको उल्भर ह्याम्पटनसँग खेल्ने छ ।
अन्तिम खेलमा सिटी विजयी भए सहजै उपाधि जित्ने छ भने बराबरी भएको खण्डमा र लिभरपुल विजयी भए उपाधि लिभरपुलको कब्जामा जाने छ ।
सिटीलाई साेमबारकाे खेलमा स्पष्ट तीन अंक दिलाउन ७० औं मिनेटमा कोम्पनीले गोल गरेका थिए । उनको गोलसँगै सिटी लगातार दोस्रो पटक उपाधि जित्ने अभियानमा अघि बढेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।