काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - मनमोहन मेमोरियल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ ले जितेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई चार विकेट विकेटले हराउँदै उपाधि उचाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १३४ रनको लक्ष्य दिएको थियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सुवास ऐयरले ४७, सन्दिप विष्टले २८ तथा आशिष भट्टले २१ रन बनाए । बलिङमा प्रदेश दुईका विशाल पटेल र निखिल सिंहले तीन तीन विकेट लिए ।
जसलाई प्रदेश २ ले २६ ओभर तीन बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । उसको जितमा रोहन विकले ३६, सेख इमरानले १४, निखिल सिंहले २७ तथा विशाल पटेलले २८ रन बनाए ।
प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान प्रदेश तीनका आशिष भट्टराई बने भने बेष्ट बलर प्रदेश ती कै दिपक बोहोरा घोषित भए । यस्तै प्लेयर अफ द सिरिज सुदूरपश्चिमका सुवास ऐयर बने ।
इमर्जिङ खेलाडी प्रदेश तीनका भरगव चटौत बने । उपाधिसँगै प्रदेश २ ले २ लाख ५० हजार रूपैयाँ पायो भने उपविजेता सुदूरपश्चिमले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्याे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।