भारतलाई ५ विकेटले हराउँदै पाकिस्तानले उचाल्याे ह्वील चेयर कप टी-२० क्रिकेटको उपाधि

 जेठ ४, २०७६ शनिबार १९:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ- ह्वील चेयर कप टी-२० क्रिकेटको फाइनल खेलमा पाकिस्तानले भारतमाथि नाटकीय जित हासिल गरेकाे छ । शनिबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हराएको हो । 

टस जितेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय १० रनको शानदार योगफल तयार पारे पनि जितको लागि पर्याप्त भएन । भारतका लागि शौरभ मलिकले अविजित रहँदै ६२ बलको मद्दतमा एक सय ४ रन बनाए । त्यस्तै निकुल प्रजापतिले अविजित रहँदै ३३ बलको मद्दतमा ६३ रन बनाए । 

पाकिस्तानका लागि सईद अरसलन अहमद र अदनन निशारले समान एक/एक विकेट लिए । 

दुई सय ११ रनको लक्ष्य पाकिस्तानले १९ दशमलव ३ ओभरमा पाँच विकेटको क्षतिमा भेट्यायो । ५५ रनको अवस्थामा चार विकेट गुमाएको अवस्थामा पाकिस्तानले उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्यो । पाकिस्तानको जितमा मुहम्मद लतिफ एक्लैले अविजित रहँदै ६८ बलमा एक सय ५६ रन बनाए । 

भारतका लागि सौरभ मलिकले दुई विकेट लिए । त्यस्तै विश्वनाथ गुरव र परशुराम देसालेले एक/एक विकेट लिए । 


 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया