काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले प्रदेश तीनलाई ४१ रनले हरायाे । प्रदेश ३ का ज्ञानेन्द्र मल्लले शतक बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् ।
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३५ रन बनाउँदा एपीएफले अरु तीन दुई विकेट गुमायो । उसका कप्तान शरद भेषवाकर १२ रनमा आउट भए भने आशिफ शेख सात तथा शंकर राना मात्र एक रनमा पेभेलियन फर्किए ।
तर त्यसपछि प्रदीप ऐरी र सुमित महर्जनले चौथो विकेटका लागि ७५ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । जसमा ऐरीले ४० रन बनाएर आउट भए । त्यसपछि सुमितले पृथु बास्कोटासँग ९८ रनको दरिलो साझेदारी गरेपछि एपीएफको पारी बलियो बन्यो । सुमित सतक बनाउनेबाट मात्र ६ रनले चुके ।
उनले एक सय तीन बलमा ५ चौका र ६ छक्काको मद्दतमा ९४ रन बनाए । यस्तै पृथुले ५८ बलमा ५९ रन बनाए । जसमा तीन चौका र एक छक्का सामेल थियो । यस्तै भुवन कार्कीले १५ रनको योगदान गरे ।
जवाफमा मध्यम सुरुवात गरेको प्रदेश तीनले ५० ओभरमा नौ विकेट गुमाउँदा २ सय ४७ रन मात्र बनाउन सक्यो । उसका लागि ज्ञानेन्द्र मल्लले एक सय १७ रन बनाए पनि टिमका लागि जित पर्याप्त बनेन । यस्तै कप्तान पारस खड्काले ४६ तथा रित गौतमले २७ रन बनाए । उसका लागि जितेन्द्र शाही ठकुरीले १२ रन बनाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।