१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि जर्मनी सरकारले प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमबार भएको भेटमा नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड साफेरले सामाजिक सुरक्षा योजनालाई समन्वयात्मक रुपमा कार्यान्यन गर्न आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने बताउनुभएको हो ।
श्रम, रोजगार र सामाजिक सुरक्षाका क्षेत्रमा अघि बढाइएका सुधारका कामबाट आफू प्रभावित भएको पनि उहाँले बताउनुभएको छ । भेटमा मन्त्री विष्टले श्रम तथा आप्रवासका क्षेत्रमा नेपाल सरकारले अघि बढाएका महत्वपूर्ण सुधारका बारेमा राजदूतलाई जानकारी गराउनुभएको थियो ।
साथै नेपाल र जर्मनीबीचको मित्रता, समझदारी र सहयोगका विविध पक्षमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।