रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
मंसिर ९, २०८१ आइतबार
मंगलबार काम विशेषले बानेश्वर जानु थियो । नैकाप नजिकै बस्ने मलाई त्यहाँबाट टेम्पो चढ्दा सजिलो र भाडा पनि सस्तो पर्दथ्यो । १२ बजे बानेश्वर पुग्नुपर्ने भएकाले टेम्पो चढ्न साढे १० बजे नैकापचोक पुगें ।
खाल्डाखुल्डी सडकमा जताततै हिलैहिलो । गाडीको घ्यारघ्यार र जाम उस्तै । सडकमा ठूला बस, ट्रक, ट्रिपरको ताँती । नैकापचोकमा गाडी पर्खनेहरुको उत्तिकै घुईंचो । नैकाप, मातातीर्थ, मच्छेगाउँ, थानकोट, नागढुंगा चल्ने सबै लोकल गाडीमा खुट्टा राख्ने ठाउँ थिएन । ठाउँ नभए पनि सबैलाई जसरी पनि गन्तव्यमा पुग्नु छ ।
गाडी पर्खेर बसेकाहरु कोही बल्लतल्ल झुण्डिए, कोही निराश भएर पर्खिरहेँ । बानेश्वर चल्ने टेम्पो बल्लबल्ल आइपुग्यो । उताबाट आएर फर्कनेबित्तिकै यात्रुले भरियो । म चढ्न सकिनँ ।
म नजिकै एकजना साधु पनि गाडी पर्खेर बसेका थिए । उनको साथमा एउटा टिनको बाकस, ठूलो पोका र कमन्डलु थियो । उनलाई पनि बानेश्वर जाने टेम्पो नै चढ्नु रहेछ । तर उनले पनि त्यो टेम्पो चढ्न सकेनन् ।
त्यसको आधा घण्टापछि अर्को टेम्पो आयो । त्यो पनि उतिखेरै उसैगरी भरियो । सिट भरिसकेको भए पनि ती साधु बाकस र पोको बोकेर बल्लतल्ल टेम्पोभित्र पसे । हातमा भएको लौरो भुईंमा राखे, बाकसलाई अलि कुनातिर घचेटे । तर उभिएरै जान तयार भएका उनलाई चालकले बस्न दिएनन् । सिट छैन, यतिका सामान राखेर उठेर जान पनि मिल्दैन भनेर हप्काए । साधु बिन्ती गर्दै थिए, तर चालकले उनको बिन्ती सुनेनन् । झर्नु कि झर्नु भनेपछि साधु निराश भएर ओर्लिए ।
मेरो र ती साधुको व्यथा मिल्यो । उनले पनि टेम्पो चढ्न पाएनन, मैले पनि पाइनँ । मलाई उनीसँग कुरा गर्न मन लाग्यो । तर उनले खुलेर कुरा गर्न मानेनन् । कहाँबाट आएको, कहाँ जान लागेको भनेर सोध्दा पनि केही भनेनन् । मलाई पनि कर गर्न मन लागेन । जहाँबाट आएका भएपनि उनी सार्वजनिक गाडी चढेर यात्रा गर्ने हामीजस्तै पीडित थिए ।
१२ बज्नै लाग्दा नैकाप चोकमा गाडी पर्खनेहरुको संख्या घट्दै गयो । कोही गाडीको ढोकामा झुण्डिएर गन्तव्यतिर लागे । कोही अटेसमटेस गर्दै बल्लतल्ल कोचिएर यात्रा गरे । कलंकीसम्म त हिँडेरै पुगिन्छ भनेर कोही बाटो लागे ।
त्यहीबेला बानेश्वर चल्ने अर्को टेम्पो आइपुग्यो । अलिअलि भएका यात्रु चढेर पनि टेम्पो भरिएन । ढिलै भए पनि टेम्पोमा बस्न पाएर म दंग परें । मसँगै रहेका ती साधुलाई आउनुहोस् सिट छ भनें । तर यतिकाबेर पर्खेर पनि उनी टेम्पो चढेनन् । अघिको टेम्पो चालकले जस्तै चढ्न नदिने हो कि भन्ने ठानेर होला उनी टिनको बाकस र पोको झुण्ड्याएर सडक पार गरे । सडकको अर्कोपट्टि पुगेर सरासर कलंकीतिर हिँडे ।
सिट भरिएपछि टेम्पो अघि बढ्यो । ‘अघि भर्खर सोल्टीमोडमा एकघण्टा जाममा परेर आएको, अहिले पनि कलंकी पुग्न उति नै बेर लाग्ने होला’ टेम्पो चालकले सुनाए ।
ला बेकार चढिएछ, बरु हिँड्नैपर्ने रहेछ भन्ने मनमा लाग्यो । तर हिँडेरै गएपनि ढिलो भैसकेको थियो । जति नै ढिलो भएपनि एकछिन मुख देखाएर फर्कनुपर्ला भन्ने सोचेर चुप लागें । ढुंगेअड्डा पुगेपछि जाम सुरु भयो ।
‘केपी ओलीले पनि केही नगर्ने भए’ चालकसँगैको सिटमा बसेका एक अधवैंशेले भने ।
‘गर्न नसके अर्को आउँछ’ चालकले उतिखेरै जवाफ फर्काए ।
‘को छ र खै अर्को पो ? यति जाबो सडक त खुरुखुरु बनाइरहेको भए उहिल्यै सकिन्थ्यो नि, जम्मै खान पल्केका, मुखले मात्र ठिक्क पार्ने हुन्’ ती यात्रुले भने ।
‘यस्तै हो हजुर, यो देश कहिल्यै उंभो लाग्दैन’ झ्यालबाट कलंकीचोकतिर हेर्दै चालकले निराशा पोखे ।
चालकको यो जवाफसँगै उनीहरुको गफ टुंगियो । तर कलंकीको जाम अझै खुलेन । कलंकी चोकसम्म पुग्नेहरु त्यहीँ झरेर बाटो लागे । बल्लतल्ल जाम खुल्यो । कलंकी चोक कटेपछि सडक छेउमा टेम्पो रोकियो ।
टेम्पोको अघिल्तिर हेर्दा अघि नैकापमा भेटिएका साधु टाउकोमा पोका र हातमा बाकस झुण्ड्याएर लखरलखर हिँडिरहेका रहेछन् । गाडी चढ्न नपाएपछि हिँडेका उनी गाडीभन्दा छिटो भए ।
उनी मात्र होइन, दिनहुँ कलंकीको जाममा फस्नेहरुलाई गाडी चढ्नभन्दा हिँड्न छिटो हुन्छ । तर हिलो, धुलो, धुवाँले पैदल हिँड्न पनि कहाँ सजिलो छ र ? न गाडी चढ्दा सुख छ, न पैदलै हिँड्दा ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
हेम प्रकाश श्रेष्ठ
July 5, 2018, 6:37 a.m.पहुचवालाहरूको ईच्छा शक्ति नभएरै देश बिकाश हुन नसकेको हो ।
sweta
July 4, 2018, 2:04 p.m.कहिले विकाश होला खोई हाम्रो काठमांडू