एनपीएल खेल्न नेदरल्यान्ड्सका माइकल लेभिट काठमाण्डौ आइपुगे

 मंसिर ९, २०८१ आइतबार १५:१०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : काठमाण्डाै गुर्खाज

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट काठमाण्डौ आइपुगेका छन् ।

लेभिटलाई उनी आबद्ध टोली काठमाण्डौ गुर्खाजले भव्य स्वागत गरेको छ । उनलाई ढाकाटोपी र खादा लगाइदिएर बाजागाजासहित स्वागत गरिएको छ । लेभिट एनपीएल खेल्न काठमाण्डौ आउने पहिलो विदेशी खेलाडी हुन् ।

काठमाण्डौ गुर्खाजको विदेशी खेलाडीमा लेभिटसँगै नामिबियाका जेरार्ड इरसमस, इङ्गल्यान्डका स्टेफेन इस्किनाजी, नाथन सोउटर र ड्यान डौथवेट छन् । राष्ट्रिय टोलीका अलराउन्डर करण केसी मार्की खेलाडी रहेको काठमाण्डौ गुर्खाजको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ टोली सहभागी हुने एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । उद्घाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्ट्स खेल्दैछन् ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया