आर्मीलाई हराउँदै एपीएफ एन्फा महिला लिगको फाइनलमा
माघ १२, २०८१ शनिबार
सुनसरी - सुनसरीको धरान क्षेत्रमा फैलिएको डेंगुको सक्रमण रोक्न तीन तहको सरकारकाबीच समन्वय नहुँदा समस्या देखिएको छ ।
कसले के काम गर्ने भन्ने निर्क्याेल नहुँदा डेंगु नियन्त्रण हुन सकेको छैन । डेंगुको प्रकोप फैलिएको तीन सातापछि स्थानीय सरकारले प्रदेश सरकार र संघीय सरकारसँग सहयोग माग गरेसँगै जिल्ला बिपत व्यवस्थापन समितिको बैठक सोमबार बसेको छ । तर अझै समन्वय सुरु हुन सकेको छैन ।
धरानमा फैलिएको डेंगु नियन्त्रण बाहिर गएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी नेतृत्वको टोली धरान आइपुगेको छ । डा. लोहनीले डेंगु प्रभावित क्षेत्रको वस्तुस्थिति बुझेर नियन्त्रणको प्रयास थाल्ने बताउनु भयो ।
डेंगु फैलिएको तीन साताको अवधिमा धरान उपमहानगरपालिकाले नियन्त्रणको प्रयास गर्दागर्दै पनि डेंगु नियन्त्रण हुन नसकेपछि उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्रचार गरी सहयोग माग गरेको धरान उपमहानगरपालिका स्वास्थ्य सेवा विभाग प्रमुख रामबाबु यादवले बताउनु भयो ।
डेंगुको प्रकोप फैलिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाको संयुक्त टोली र्यापिड रेस्पोन्स टिमको बैठक बसेर डेंगु नियन्त्रणलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको थियो । उपमहानगरपालिकाले केही दिनअघि लामखुटे मार्न औषधी समेत छरेकाे थियाे । तर यी सबै प्रयास विफल भएपछि नगरवासी पनि त्रसित भएको स्थानीय बासिन्दा बिष्णु लिम्बूले बताउनुभयाे ।
धरानको वडा नं. ५, १५, ८ र १३ मा डेंगु सार्ने लामखुट्टेको अण्डा र लार्भा भेटिएकोले धुवाँ लगाएर मात्रै धरानमा डेंगु नियन्त्रण हुन नसक्ने टोलीको ठहर छ । यसलाई नियन्त्रण गर्न लामखुट्टेको बासस्थान नै नष्ट गर्नुपर्ने र सफा पानी जम्न नदिने लगायतका काम गर्नुपर्ने भए पनि प्रभावकारी हुन सकेको छैन । अहिले सम्म धरानमा ८० जनाको हाराहारीमा डेंगु संक्रमण भएको पुष्टि भइसकेको अवस्थामा बल्ल संघ र प्रदेश सरकार नियन्त्रणको लागि तातेका हुन् ।
डेंगु नियन्त्रण गर्न मास परिचालन
धरान क्षेत्रमा फैलिएको डेंगुको सक्रमण रोक्नका लागि बुधबार धरानमा मास परिचालन गर्ने तयारी भएको छ । जनप्रतिनिधिको नेतृत्वमा विभिन्न सामाजिक संघ सस्था, विद्यार्थी र साधारणले सरसफाइ गर्ने छन् । मास परिचालन गर्ने तयारी भइरहेको धरान उप महानगरका कार्यवाहक मेयर मञ्जु भण्डारीले बताउनु भयो ।
उहाँका अनुसार धरानका अधिकांश क्षेत्रमा डेंगु सार्ने लामखुट्टेको अण्डा, प्यूपा र लार्भा भेटिएको र नष्ट गर्न मास परिचालन गर्न लागिएको भण्डारीले बताउनु भयो । बुधबारको कार्यक्रममा सहभागी हुन उहाँले आह्वानसमेत गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ।