जंगली च्याउ खाँदा ११ जना बिरामी, दुई जनाकाे अवस्था चिन्ताजनक

 जेठ २५, २०७६ शनिबार २०:२४:० | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – सीमा जोडिएको पाल्पाको निस्दि गाउँपालिकाको सार्की डाँडाका ११ जना जंगली च्याउ खाँदा बिरामी परेका छन् । 

शुक्रबार साँझ जंगलबाट ल्याएको च्याउ खाएपछि समय समयमा रिंगटा लाग्ने, बान्ता हुने भएपछि उनीहरुलाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल कावासोती ल्याइएको छ । च्याउ खाएर बिरामी हुनेमा एकै घरका ५ जना सहित ११ जना छन् । बिरामी भएकामध्ये दुई जना बालिकाको अवस्था चिन्ताजनक रहेकाे बताइएकाे छ ।

बिरामी पर्नेहरुमा ४५ वर्षका पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षकी चन्द्री खाम्चा, १५ वर्षकी छोरी निर्मला खाम्चा रहेका छन् । त्यस्तै ८१ वर्षका प्रेम बहादुर सिंह ठकुरी, उनकी ३० वर्षकी बुहारी दान कुमारी सिंह र सात वर्षका नाति सुमन सिंह ठकुरी छन् ।  

एकै घरका बिरामी पर्नेहरुमा धन कुमारी सिंह ठकुरी, निरुता सिंह ठकुरी, १० वर्षकी निशा सिंह ठकुरी, आठ वर्षकी निर्मला सिंह ठकुरी र चार वर्षकी विष्णु सिंह ठकुरी  रहेका छन् ।

अवस्था चिन्ताजनक रहेका दुई बालिकालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको र अन्य बिरामीहरुको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको डा. राजभक्त महर्जनले बताउनुभयो । अस्पतालमा शैयाको अभावले गर्दा बिरामीहरुको भुइँमा नै राखेर उपचार भैरहेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया