१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले कतारसहित चार देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कतारका लागि डा.नारद वाग्ले भारद्वाज, बंगलादेशका लागि डा.वंशीधर मिश्र, अष्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावाफुटी शेर्पाको नाम सिफारिस गरेको हो । उनीहरुलाई संसदीय सुनुवाइका लागि सिफारिस गर्ने निर्णय भएको छ ।
कतारका लागि सिफारिस वाग्लेले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अंग्रजी विषय प्राध्यापन गर्नुभएको छ । यसअघि सरकारले कतारबाट राजदूत रमेश कोइराला, बंगलादेशबाट डा.चोपलाल भुसाल र स्पेनबाट भरत रायमाझीलाई फिर्ता बोलाएको थियो ।
अष्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाले भने राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएपछि अस्ट्रेलियामा ६ महिनादेखि राजदूत थिएन ।
दक्षिण कोरिया र दक्षिण अफ्रिकामा भने अझै राजदूत खाली छ । यस्तै अमेरिकाका लागि राजदूत डा.अर्जुन कार्कीको पदावधि सकिए पनि अर्को व्यवस्था नभएसम्मका लागि कार्यविधि थपिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।